करेन्ट लागेर दुईको मृत्यु

Featured विशेष समाचार समाज

धनुषा, ५ माघ  : करेन्ट लागेर आज यहाँ दुईको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मिथिला विहारी नगरपालिकाका ३४ वर्षीय परमेश्वर मण्डल र सिरहा घर भई हाल जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय जगन्नाथ साह रहेका छन् । जनकपुर उपमहानगरपालिका–१२ कुवारामपुरमा पोलको सहाराका लागि राखिएको तारमा प्रवाहित ११ हजार भोल्ट करेन्ट लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलबाट लड्दा नजीकैको बिजुलीको पोलमा ठोक्ँिकदा पोललाई अड्याउन बाँधिएको तारबाट करेन्ट प्रवाह भई दुवैको घटनास्थलमा नै मृत्यु भएको थियो । बचाउन गएका सूर्यनारायण ठाकुरलाई पनि करेन्ट लागेर घाइते भएका र उपचारका लागि जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको प्रहरी उपरिक्षक गोविन्द थपलियाले बताउनुभयो ।

 

-(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *