उत्कृष्ट कृषक पुरस्कार वितरण कृषि ज्ञान केन्द्र, पर्वतमा सम्पन्न

Featured कृषि गण्डकी प्रदेश पर्यटन विशेष समाचार समाज

कुश्मा, पर्वत, ३१, आषाढ, यस वर्षको उत्कृष्ट कृषक/समुह/सहकारी पुरस्कार वितरण समारोह कृषि ज्ञान केन्द्र, पर्वतमा सम्पन्न भएको छ । उत्कृष्ट कृषक÷समुह÷ सहकारी छनौटको लागि आवेदन माग भए बमोजिम कृषि ज्ञान केन्द्र, पर्वतको कार्यक्षेत्र बागलुङ र पर्वतका व्यवसायिक कृषकहरुले निवदेन पेश गरे बमोजिम जिल्ला समन्वय समिति, पर्वतका प्रमुख मनोहर वि. पौडेलको संयोजकता मा रहेको छनौट समितिले विभिन्न सुचकका आधारमा उत्कृष्ट कृषक तर्फ ६ जना कृषक र उत्कृष्ट समुह÷सहकारी तर्फ चार समुह÷सहकारीलाई पुरस्कारका लागि छनौट गरेको थियो ।


उत्कृष्ट कृषक तर्फ पुरस्कृत हुनेमा फलेवास नगरपालिका–१०, कुर्घा का सुन्तला जाँत फलफुल नर्सरीका संचालक लाल बहादुर थापा, ढोरपाटन नगरपालिका–६, का चिरन बहादुर घर्ती मगर, बागलुङ नगरपालिका–३ का गंगा बहादुर थापा, जैमिनी नगरपालिका–१० का केदार आचार्य, ढोरपाटन नगरपालिका–३ का खिम बहादुर वि.क. र काठेखोला गाँउपालिका–८ की लाल कुमारी पुन रहेका छन भने उत्कृष्ट कृषि समुह/सहकारी तर्फ पुरस्कृत हुनेमा बजारमारे सुन्तला उत्पादन सहकारी संस्था, जलजला–१, पर्वत, मिर्मिरे कृषि सहकारी संस्था, बानपा ३, बागलुङ, झकलक कृषि सहकारी संस्था, फलेवास नगरपालिका–५, पर्वत र माच्छापुच्छे तरकारी कृषक समुह कुश्मा नगरपालिका–८ पर्वत रहेका छन ।

पुरस्कार वितरण समारोहको प्रमुख अतिथि पुरस्कार छनौट समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, विशिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, उधोग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा तथा कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति, पर्वतका समन्वय अधिकारी चिरन्जिवी सापकोटा रहनु भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख बासुदेव रेग्मी ले गर्नु भएको थियो भने संचालन कृषि अर्थ विज्ञ श्रीधर खनाल ले गर्नु भएको थियो ।
कार्यक्रमका वक्ताहरुले पुरस्कृत सवै कृषक र कृषि सहकारी÷समुहलाई बधाई व्यक्त गदै अझ थप व्यवसायिक र कृषि क्षेत्रको विकसमा पथप्रर्दसकको रुपमा अगाडी बढन अनुरोध गर्नु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *