-हेमन अधिकारी
झुलेका होलान् गैरी खेत अनि बगरका धानहरु
फुलेका होलान् मखमली फुलहरु
बजेका होलान् मालश्री धुनहरु
घुमेका होलान् रोटे पिङहरू
म आउने यादहरुमा
तर रहरहरुको यो परदेशमा
आफ्नै रहरलाई तिलाञ्जली दिँदै
बस्दै छु सम्झनाका फोटाहरू हेरी११
यसपालीलाई यस्तै भयो ममी
आशाका आत्मा मलिन बनाएर
नहेरे छोरो आउने बाटोहरू,
यसपालीलाई यस्तै भयो बाबा
पत्थरको छाति पनि पगालेर
नकुरे छोरो आउने जाहाजहरु नहेर्नु आकाशमा जहाज उड्दा छेरा आयो कि भन्ने नसोच्नु बाबा
ममी
हजुरले भन्नु हुन्थो नि
‘जन्मभुमी र पसीना दुइ मध्य एक को साथ कहिले नि नछाड्नु जन्मभुमी त छाडि सके तर मेहनतको पसीना कहिलेनि छाड्ने छैन।
हो यही हजुरको दिव्य बचनलाई दशैंको आशीर्वाद सम्झिँदै
बिहाना पाउरोटि अनि बेलुका चाउचाउ खादै समय भएको बेलामा खाना पकाएर खादै काम अनि स्कुल जादै छु पदेशमा
देशको सुरक्षामा अहोरात्र खटिने सिपाही जस्तै
आहाँ मेरो गाउँ
मेरो जन्मभूमि धादिङ
ती बन पहाड झरना र खोलाहरू
गुलाफी रङका फूलहरु गालामा फुलाउने हँसिला चेहेराहरु१
ढुंगाले बनेको मेरो घर
बुट्टाले सझाइएको झ्याल
रातो माटोले लिपेको दैलो
भिराला खेतहरू
बारीहरु
केरा बोटहरु
अनि सबै साथि संगीहरु यादहरु
जो जन्म जन्मान्तरसम्म मृगतृष्ण बनेर मेरो पछि लागिरहनेछन्१
तर बाध्यता
आज पर्देशको भुलभू़लैयामा परेर
ती स्पन्दनहरु अझै धितमरुन्जेल
पिउन पाएको छैन१
ए प्रिय बतास
पुर्याइदे मेरा
विजयदशमीका शुभकामनाहरु
सबै म बिना
रित्ता रित्ता ती अञ्जुलीहरुमा।
नरोए ममी वैराग्य भावमा
अँध्यारो नहुनु बाबा मेरो अभावमा,
टिका र जमरासँगै सजाउला निधारमा
यसपालीको दशैंमा आउदिन आमा बाबा आउला बरू अर्को दशैंमा।।