संस्कृत युवा मञ्च नेपालको दोश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा अर्याल निर्वाचित

Featured समाचार समाज

पोखरा २२, संस्कृत युवा मञ्च नेपालको दोस्रो अधिवेशन पोखरामा सम्पन्न भएको छ । अधिवेशनले रामकृष्ण अर्यालको अध्यक्षतामा सर्वम्मत रुपमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा विश्वराज सापकोटा तथा डिल्लीराम पोख्रेल , सचिवमा केशव गौतम , कोषाध्यक्षमा गोकर्ण बराल , सहसचिवमा महेन्द्र ढकाल र विष्णु गौतम , सहकोषाध्यक्षमा निगम उपाध्यायलाई चयन गरेको हो समितिको सदस्यहरुमा क्रमश धनिराम ढकाल , हरिप्रसाद पौडेल, भवानी पौडेल , विष्णु पौडेल , लक्ष्मण पौडेल ,डिल्लीराम पौडेल , चिदानन्द खतिवडा सर्वसम्मत चयन भएका हुन् । यसअघि अधिवेशनको उद्घाटन गर्दै भागतव वाचक दीपक सापकोटाले संस्थालाई जागरुकता बनाउँदै चारैतर्फबाट प्रहार हुदै गएको हिन्दू धर्म र संस्कृतिको जगेर्ना गर्न आम समुदायलाई समेत सूसुचित बनाउने खालका कार्यक्रम गर्न आग्रह गर्नुभयो । उँहाले संस्कृति भाषा र स्वधर्मको संरक्षण गर्न सबैलाई प्रेरित गर्दै धर्ममाथि बढ्दै गएको नास्तिकतालाई आस्तिकतामा बदल्न सक्ने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सल्लाहकार गिरिधर आचार्यले संस्कृति र संस्कार संरक्षण गर्दै सामाजिक , धार्मिक क्षेत्रमा युवा मञ्चले गरेको कार्य निकै सकारात्मक र प्रशंसा योग्य रहेको बताउनुभयो । सल्लाहकार राम प्र। सिग्देलले संस्थाको इतिहासको बारेमा जानकारी गराउँदै संस्कृत शिक्षा , पूर्वीय दर्शन , संस्कार र संस्कृतिको जगेर्ना तथा विकासका लागि विभिन्न महत्त्वपूर्ण कार्यहरु गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष हरिशरण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामकृष्ण अर्याल, सचिव विश्वराज सापकोटा लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । अधिवेशनले विभिन्न प्रतिवेदनहरु समेत पारित गरेको संस्थाका नवनिर्वाचित सहसचिव महेन्द्र ढकालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *