संस्कृत युवा मञ्चद्धारा शिवशक्तिलाई शैक्षिक सामाग्री सहयोग

शिक्षा समाचार

पोखरा २९,

संस्कृत युवा मञ्च नेपालले शिवशक्ति आधारभूत विद्यालय पोखरा २६, सिलिंगेलाई आवश्यक शैक्षिक सामाग्री हस्ताण्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच युवा मञ्चका अध्यक्ष रामकृष्ण अर्यालले विद्यालयका प्रधानाध्यापक चन्द्रमान बन्जारालाई शैक्षिक सामाग्री हस्ताण्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै युवा मञ्चका निवर्तमान अध्यक्ष हरिशरण पौडेलले संस्कृत युवा मञ्चले विद्यालयका विद्यार्थीलाई आधुनिक ज्ञानसँगै आध्यात्मिक ज्ञान र नैतिक शिक्षा पनि दिनुपर्नेमा जोड दिनुभयो ।

संस्कृत ज्ञानप्रतिको आस्था र नैतिक शिक्षाको जगेर्नाका निमित्त हरेक विद्यालयले पठनपाठन गराउनुपर्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक चन्द्रमान बन्जाराले संस्कृत शिक्षा र सनातन धर्मको रक्षाका लागि सबैलाई प्रेरित गर्न र जागरुकता ल्याउन विद्यालयतहबाटै शिक्षा दिनुपर्ने बताउनुभयो । मञ्चका अध्यक्ष रामकृष्ण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विष्णु पौडेल, सचिव केशव गौतम लगायतले आ आफ्नो भनाई राख्नुभएको सहसचिव महेन्द्र ढकालले जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *