वृद्धभत्ता एक हजार बढ्यो, अब मासिक ३ हजार दिइने

Featured बजेट राजनीति विशेष समाचार समाज

काठमाडौँ, १५ जेठ । सरकारले वृद्धभत्ता बढाएको छ । हाल पाइरहेको मासिक दुई हजार रुपैयाँमा एक हजार थपेर मासिक ३ हजार बनाइएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए ।

बुधबार संघीय संसदको सयुंक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट प्रस्तुत गर्दै उनले वृद्धहरुको सम्मानका लागि सरकारले रकम बढाएको बताए ।

उनले यसबाट देशभरका १३ लाख वृद्धहरु लाभाविन्त हुने बताए । यसैगरी, लोपेउन्मुख, सीमान्तकृतहरुको भत्ता पनि एक हजार बढाएको अर्थमन्त्री खतिवडाले बताए ।

अपांगता, बिधवा लगायत ९ लाख व्यक्तिको भत्तामा मासिक १ हजार बृद्धि गरिएको पनि उनले बताए ।

अघिल्लो वर्ष सरकारले वृद्धभत्ता नबढाएपछि चर्काै आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *