लागुऔषधको नशामा निर्मलाको बलात्कारपछि हत्या

विशेष समाचार

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा पक्राउ परेका प्रदीप रावलले निर्मलाको हत्या स्वीकारेका छन् । रावलले लागुऔषधको नशामा निर्मलाको हत्या गरेको बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रहरीसँगको बयानमा प्रदीपले भनेका छन्, ‘निर्मलालाई पहिलादेखि नै चिन्थेँ, बाटोमा साइकलको चेन बनाइरहेको देखेपछि गफ गर्न कर लगाएर खोला पारि लगेँ ।’ प्रदीपका अनुसार, गफ गर्ने क्रममा उत्तेजना आएपछि निर्मलाको बलात्कार गरे । साथी विशाल चौधरीले पनि निर्मलालाई बलात्कार गरे । निर्मलाले प्रतिकार गरेपछि दुवैले निर्मलाको हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रहरीले प्रदीप र दिनेशसँग गरेको छुट्टाछुट्टै सोधपुछमा कुरा मिलेको जनाएको छ । यति मात्र होइन, प्रदीप रावलले पहिला पनि आफन्त नै बलात्कार गरेको र यो घटनालाई परिवारकै मिलेमतोमा गुपचुप राखिएको पाइएको छ । प्रदीप चोरीमा पनि संलग्न रहेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *