रोजगारीको अधिकार व्यक्तिको जीवनमा एउटा महत्वपूर्ण अधिकार हो। रोजगारीको अभावमा व्यक्तिले सम्मानजनक जीवनयापन गर्न सक्दैन। रोजगारीको अभावमा व्यक्तिले अरु तमाम अधिकारहरुको उपभोगबाट समेत बञ्चित हुनु पर्ने हुन्छ। रोजगारी पाउनु व्यक्तिको सुविधा मात्र होइन, यो सबै नागरिकको आधारभूत अधिकार हो। उचित रोजगारी एवं पर्याप्त जीवनस्तरको अभावमा एउटा नागरिकले राज्य वा समाजप्रति आफ्नो दायित्व पुरा गर्न सक्दैन। रोजगारीको प्रश्न व्यक्तिको सामाजिक प्रतिष्ठा वा हैसियतसंग पनि गाँसिएको हुन्छ। यसले व्यक्ति वा राज्यको अन्तर्सम्बन्धलाई पनि परिभाषित गर्दछ।
यसैगरी यसले राज्यको स्वरुप एवं स्थिरतातिर पनि संकेत गर्दछ। बेरोजगारहरुको ठूलो संख्या रहेको राष्ट्रले राजनैतिक वा सामाजिक स्थिरता प्राप्त गर्न सक्दैन । कुनै पनि राष्ट्रको राजनैतिक एवं सामाजिक स्थिरता प्रायः राष्ट्रले सिर्जना गर्ने रोजगारीको परिमाणसँग पनि प्रत्यक्षरुपमा गाँसिएको छ। कुनै पनि मुलुकमा बेरोजगारहरुको ठूला संख्या प्रायः मुलुकको राजनैतिक एवं सामाजिक स्थिरताका लागि नितान्त घातक हुन्छ। बेरोजगारहरुको अत्याधिक संख्याले सामाजिक संरचनालाई ध्वस्त तुल्याउनुका साथै गम्भीर राजनैतिक अस्थिरता उत्पन्न गर्ने एउटा प्रमुख कारक तत्व हो भन्ने तथ्य संसारका धेरै देशका अनुभवहरुले प्रमाणित गरिसकेका छन।
What do you feel about this post?
Like
Love
Happy
Haha
Sad

