“रोजगारी: व्यक्तिको अधिकार र राष्ट्रिय स्थिरताको आधार”
रोजगारीको अधिकार व्यक्तिको जीवनमा एउटा महत्वपूर्ण अधिकार हो। रोजगारीको अभावमा व्यक्तिले सम्मानजनक जीवनयापन गर्न सक्दैन। रोजगारीको अभावमा व्यक्तिले अरु तमाम अधिकारहरुको उपभोगबाट समेत बञ्चित हुनु पर्ने हुन्छ। रोजगारी पाउनु व्यक्तिको सुविधा मात्र होइन, यो सबै नागरिकको आधारभूत अधिकार हो। उचित रोजगारी एवं पर्याप्त जीवनस्तरको अभावमा एउटा नागरिकले राज्य वा समाजप्रति आफ्नो दायित्व पुरा गर्न सक्दैन। […]
Continue Reading