हेमन अधिकारी
मन मुटु अनि तन मन सबै जलाउन धेरै।उपाएहरु थियो तर, खै किन हो मलाई चाहि माया नै राज्न मन लाग्यो । साथिहरु भन्ने गर्थे ,‘चुरोट नखाउ शरीरका लागि हानिकारक हुन्छ।’ तर, मलाई के थाहा मायाले यति धेरै मन जलाउछ भन्ने कुरा । ‘अरे साथि तिम्रो चुरोट खान्छौ सकिएपछि ओठ पोल्छ तर,दुई शव्दको मायाले त ओठ होइन मन पोल्छ, जुन पिडा चुरोटको भन्दा कौयौँ गुणा बढि सहनै नसकिने हुन्छ।
अनि साथिहरु सोध्थे,‘सहनै नस्कने गरि पोल्ने त्यो तिम्रो एकतर्फि मायाको नाम के रहेछ हामी नि जान्न पाए हुन्थ्यो नि।’
‘माया अनि नामसँग कुनै सरोकार नै हुन्न यार’ मैले भने।
तर, साथीले धेरै नै कर गरेपछि मैले उसलाई सबै कुरा भन्ने निणय गरेँ र सुरु गरे,‘नाम त सरु हो ’
माया गर्नुको अर्थ उसलाई पाउनु नै प्रर्छ भन्ने पनि त होइन नि उसलाई खुसि देख्न या राख्न सक्नु नै माया होइन र
‘नाम नै कति प्यारो छ है एकचोटि सुने भने नि कान नै पवित्र हुन्छ।उसको बोली सुने भने त मेरो दिन नै कति राम्रो पो।हुन्छ यार उनमा जे छ नि त्यो।सबै नेचुरल छ यार कुनै कुरा बनावटी छैन त्यहि कुराले नै मेरो उनि प्रति मोह बस्यो। मैले भन्दै गँए।
साथि उनलाई देख्दा लाक्छ कि भग्वानले नि फुर्सदमा नै रहेछ भन्ने।हँसिलो अनुहार, चम्किला आँखा, हिमाल जास्ता सेता दाँत ।उनको दाँत देख्दा बिहानीको किरणले हिमाल टल्किरहेझैँ लाग्थ्यो। न अनुहारमा कुनै दाग छ न त बिचारमा नै ! भाग्यमानीको मात्रै भेट हुन्छ त्यस्तासँग।
‘के तिमीले कहिले स्वर्गको परि देखेको छौँ? मैले अनायासै प्रश्न गरे।
‘छैन, उसले भन्यो।
उनि पनि परि भन्दा कुनै रुपमा कमी थिईनन। फरक छ त परी स्वर्गमा,अनि उ यो धर्तिमा त्यो नि मेरो आँखा अगाडि।
उनलाई देख्दा लाक्छ आँखामा,राख्दा पनि बिझ्दैन।उनको केश देख्दा लाक्छ कुनै ठुलो झरना बाट पानी एकनासले खसि रहेछ को कतै ठोकिएको नै छैन।
हँसिलो अनुहार, चम्किला आँखा, हिमाल जास्ता सेता दाँत ।उनको दात देख्दा बिहानीको किरणले हिमाल टल्किरहेझैँ लाग्थ्यो। न अनुहारमा कुनै दाग छ न त बिचारमा नै ! भाग्यमानीको मात्रै भेट हुन्छ त्यस्तासँग।
उनी माथि पहिले नजारमा पर्दा नै नजर त्यहि नै रकिएको थियो।नजर कतै नि गएन,उनलाई नै हेरि रै जस्तो लागि रहन्छ।यस्तो लाक्छ कि समय पनि यत्तिकै राकिए नि हुनथो झैँ लाग्छ।
उनको त्यो चञ्चल अनि स्थिर स्वभाव देख्दा लाग्छ उनि एक आदर्श नारि हुन । उनि आफ्नो लक्क्ष्य हासिल गर्न अगाडि बढिरहेकि छिन्।उमेरले सानि नै भएपनि जिम्मेवारीले म भन्दा धेरै माथि छिन्।
यो माया प्रेम कुनै पनि कुराको उनलाई वास्था अनि मतलब छैन मतलब छ त केवल भबिष्यको यस्तो मान्छेलाई म प्रस्ताव नै नगरिकन मायाको आभाष दिलाउन खोजि रहेको छु ।
त्यो नै पो माया हो त प्रस्ताव पछि त एक सम्झैता पो हुन्छ हैन र? थाहा छैन म उनलाई मायाको आभाष दिलाउन सक्छु कि सक्दिनँ । यदि सकिन भने पनि उनि प्रतिको सम्मान सँधैभर रहिरने छ।
प्रेम असफल भयो भन्दैमा माया नै गर्न त छाडिदैन नि,वस गर्न तरिका मात्रै परिवर्तन हुन्छ हैन र? उनले जति नै बेवास्ता गरे पनि तर कसम किन हो उनकै हुन मन छ।
हरेक शिशिर पछि वसन्त आउछ नि यो त सबैलाई थाहा भएकै कुरा हो। तर, आज म तिर न फर्किएको नजर भोली अबश्य फर्किने छ।आजको आँशुले भोलीको भविष्यलाई काहाँ रोक्न सक्छ र? यो दुनियाँमा सबैभन्दा महंगो चिज नै, उसको हृदय भयो।
हुन्छ जस्तो लाक्दैन मलाई भोली आफनै जिन्दगी धरौटि राख्दापनि खरिद गर्न नस्कने त ! पक्कै हुदैन होला नि है? त्यो राख्न परे पनि राख्न तयार छु।
अरु भ्यलेन्टाइनसँग धेरै क कुनैकुनै बेलामा कुरा हुदैन थियो होला तर मेरो चाहि कुनै कुनै बेलामा कुरा हुन्थो ।
त्यो पनि महिनादिनमा एकचोटि उनि भन्ने गर्छिन,‘ के भन्नु छ छिटो छिटो भन्नु।’
महिना दिनमा एकचोटि कुरा हुन्छ। त्यो नि ‘छिटो छिटो भन्नु रे’ खै के भन्नु म उनलाई अरुसंग धेरै बेर फोनमा बोल्ने अनि च्यट गर्ने बानि छैन कि उसलाई कसैले अहिलेसम्म यति धेरै महत्व दिएको थिएन ।
होला सायद माया गर्नुको अर्थ उसलाई पाउनु नै प्रर्छ भन्ने पनि त होइन नि उसलाई खुसि देख्न या राख्न सक्नु नै माया होइन र साथि?