बिहार र युपी हामीले जोगाएका छौं : प्रधानमन्त्री

राजनीति विशेष समाचार

 

काठमाडौं, १९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले बिहार र युपीलाई बचाएको बताएका छन् ।

बिहीबार फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले भारतको दुई प्रान्त बचाएको प्रसंग जोडेका हुन् । उनले गंगा नदीमा ७२ प्रतिशत पानी नेपालको खोलानालाबाट जाने बताए । उनले भने, ‘वर्षायाममा पनि चालिस प्रतिशत पानी जान्छ । यदि नेपालको खोलानाला नभएको भए बिहार र युपी पहिल्यै मरुभूमि हुन्थ्यो । हाम्रो पानीको कारण बिहार मरुभूमि हुनबाट बचाएको छ ।’

उनले नेपालको हावा पानीले ग्लोबल वार्मिङबाट पनि बचाएको बताए । नेपाल स्रोत साधनमा धनी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको सही सदुपयोग गर्नुपर्ने धारणा राखे ।

उनले नेपालको मौसम र पर्यावरण विश्वकै नमुना भएको र देशै रेफ्रिजेनेरेटर जस्तो भएको उदाहरण दिँदै भने, ‘कहाँ छ यस्तो विविधता ? कहाँ छ यस्तो पर्यावरण ? कहाँ छ यस्तो सभ्यता ?’

उनले बागमतीको पानी खानयोग्य बनाउने जिकिर गर्दै भने, ‘जतिसुकै राम्रो बनाएपनि नखानुहोला । यो खोलाको पानी खाने बेला होइन ।’

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बागमतीमा पुन: पौडी खेल्न मन भएको उल्लेख गरेपछि ओलीले ‘मेयर सा’प तपाईले फेरि पनि बागमतीमा पौडी खेल्न पाउनुहुन्छ’ भने ।

साभार :लोकपाटि डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *