बाैद्ध युवा क्लब द्वरा अायाेजित हरिबाेधनी ठुली एकादशी मेला-२०७५ काे तयारी पूरा

गण्डकी प्रदेश विशेष समाचार

पर्वत २८ कार्तिक,
पर्वत जिल्लाकै अग्रणी क्लबकाे रूपमा रहेकाे बौद्ध युवा क्लब, महाशिला-५, दुक्तान, पर्वतले हरिबोधनी ठुली एकादशी मेला-२०७५ को
अवसरमा विगतका वर्षहरुमा जस्तै अायोजना गर्दै अाएको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम यस वर्ष गाँउपालिका अध्यक्ष कपको रुपमा गर्ने भएकाे छ । भलिवल खेल २०७५ कार्तिक ३० गते देखि शुरू हुने र १० भन्दा कम टिम सहभागी भएमा खेल लिग सिस्टम बाट खेलाई मंसिर ३ गते ठुली एकादशी काे मुल समाराेहका दिनमा फाईनल खेल खेलाईने क्लबका प्रचारप्रसार संयाेजक सुनिल थापाले जानकारी दिनु भयाे । पुरूष भलिबल तर्फ
प्रथम पुरस्कार :-६०हजार ट्रफी मेडल र प्रमाणपत्र,
द्वितीय पुरस्कार :४०हजार ट्रफी मेडल र प्रमाणपत्र,
विधागत उत्कृष्ट हुनेलाई विशेष पुरस्कार व्यवस्था काे साथै
दर्ता शुल्क :- रू ४५००।- रहेकाे बताउदै सवै नगर तथा गाउँपालिका का वार्ड स्थित क्लबहरूलाई प्रतियाेगिता भाग लिन र खेलप्रेमी दर्शकलाई उपस्थितिकाे लागि क्लब का अध्यक्ष एवम् भलिबल खेलाडी युवराज गुरूङ(सन्तु) ले अाग्रह गर्नु भयाे ।
मुल समारोह २०७५ मंसिर ३ गतेकाे दिनमा मेरी बास्सैका हास्यव्यङग्या कलाकार “सापटी”, गायक कृष्ण क्षेत्री एवम् स्थानीय कलाकार द्वारा सांगीतिक एवम् हास्यव्यङग्या प्रस्तुति सँगै स्थानीय सालैजो तथा लोकभाका सहित बेजोड प्रस्तुती रहने भन्दै मेलाकाे तयारी ९० प्रतिशत भन्दा बढी सकिएकाे पनि प्रचारप्रसार संयाेजक सुनिल थापाले जानकारी दिनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *