दश किलोग्राम चरेशसहित एक पक्राउ

Featured समाचार समाज

काठमाडौँ, २३ मङ्सिर  ः महानगरीय प्रहरी परिसर काठमाडौँले १० किलोग्राम ४०० ग्राम चरेशसहित एकजनालाई पक्राउ गरेको छ ।
परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा लागुऔषध बोकेर हिडिरहेको अवस्थामा धादिङका ३१ वर्षीय कमल तामाङलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा कालो रङको झोलाभित्र खैरो रङको कार्टुनभित्र लुकाएर ल्याएको अवस्थामा तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका तामाङमाथि थप अनुुसन्धान भइरहेको परिसरले जनाएको छ ।

 

-(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *