फेवा सहकारी २० औं बर्षमा प्रबेश

Featured विशेष समाचार

पोखरा, ८ पुस । फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि सृजना चोकको पोखरा–८ को १९ औं बर्षपुरा गरि २० औं बर्षमा प्रबेश गरेको अबसरमा बिबिध कार्यक्रमको आयोजना गरि पौष ८ गते सहकारी कार्यालयको वरपर, सृजना चोक हुदै सभागृह चोकसम्म सरसफाई गरि सम्पन्न ग¥र्यो ।

सरसफाई कार्यक्रममा प्रमुख अतिथि एवं पोखरा महानगरपालिका का प्रबक्ता एवं वडा नं ५ का वडा अध्यक्ष धन बहादुर नेपालीको प्रमुख अतिथिमा ऋीभ्भ्ल्क्ष्ल्न् क्त्च्क्ष्ऋप् र डोको हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नुहुदै फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाले २० औं वार्षिकोत्सवको अबसरमा सरसफाई कार्यालय गरि चेतना जगाउने काम गरेको बताउनु हुदै अब हाम्रो पर्खाइ भनेको सबैमा चेतना जोगाई यस्ता सरसफाई कार्यक्रम नै गर्नु नपर्ने दिनको पर्खाइमा रहेको बताउनु भयो ।

उक्त सरसफाई कार्यक्रममा फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि सृजनाचोक पोखरा (८ का कार्य समिति, शेयर सदस्य, कर्मचारीलगायत ५० जनाको सहभागिता रहेको उक्त सरसफाई कार्यक्रममा सहकारी कार्यालय वरपर, सृजनाचोक, हुदै सभागृह चोक सम्मको दुबै किनारमा सरसफाई गरेएको थियो जस्मा आधा गाडि फोहर संकलन गरिएको मा पोखरा महानगरपालिका सरसफाई महा साखाबाट सहयोग पाईएको कार्यक्रममा सस्था २० औं बर्षमा प्रबेश गरेको अबसरमा सरसफाई संगसंगै फेवा सहकारीले आफ्ना सदस्यहरूको थप सुबिधाको लागि आजैबाट क्ःक् बैकिङ्ग सेवा समेत संचालन गरेको सस्थाका उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि सृजना पोखरा ८ का प्रबन्ध निर्देशक हरिभक्त पौडेलले सहकारीको हाल सम्मको कारोबार र गतिविधि का बिषयमा जानकारी गराउनु भयो । सरसफाई कार्यक्रममा सस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार नारायण प्रसाद भट्टराई, पुर्व सदस्य झलक बहादुर गुरूङ्ग लगायतका बक्ताहरुले आ आफ्नो बिचार राख्नु भएको थियो । कार्यक्रममा सहकारीका सात सिद्धान्त र राष्ट्रिय गान सस्थाका शेयर सदस्य तिलु गुरूङ्गले बाचन गरेको उक्त सरसफाई तथा एस एम एस बैंकिङ्ग सेवा संन्चालन कार्यक्रमका संयोजक तथा सस्थाका उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रम सस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति क्या. चन्द्र प्रसाद गुरूङ्ग को सभापतित्वमेव सम्पन्न कार्यक्रमको सहायक ब्यबस्थापक जगन्नाथ तिमिल्सिनाले संचालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *