खोजि पत्रकारितामा सरोकारवालाको चासो : पत्रकारितालाई रहरको विषय बनाईनु हुदैन् : प्रवक्ता नेपाली

आज को बिचार गण्डकी प्रदेश विशेष समाचार

 

पोखरा, ०८ पौष ।

पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले सतहि पत्रकारीताको विकल्प खोज्नु पर्ने बताएका छन् । युवा पत्रकार सञ्जाल, गण्डकीद्धारा आयोजित आधारभूत पत्रकारिता सम्बन्धि तिन दिने तालिमको समापन गर्दै प्रवक्ता नेपालीले सतहि पत्रकारिताको माग सकिएको उल्लेख गर्दै खोजि पत्रकारिताको आवाश्यकतामा जोड दिएका हुन् ।

पत्रकरिताको भाषामा कुनै पनि शब्दहरु मुल्यवान हुने बताएका नेपालीले समाचारको प्रभावका विषयमा संवेदनशील बन्न सुझाव समेत दिए । पेशागत मर्यादा र दक्षता अभिवृद्धिमा गम्भिर बन्दै समाज परिवर्तनको अभियानमा योगदान आवाश्यक रहेको उनले बताए । प्रवक्ता नेपालीले पत्रकारिता रहरको विषय हुनै नसक्ने ठोकुवा गरेका छन् ।

यस्तै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले व्यावसायीक पत्रकारिताको आवाश्यकतामा जोड दिए । परिवर्तनका खातिर डृढ प्रतिवद्धता र निरन्तरको क्रियाशीलतामा जोड दिएका उनले शुसासन पवैद्धनमा पत्रकारिताको विकास दक्षतासंग जोडिने योगदान अहम हुने उल्लेख गरे ।

तालिमका सहभागीहरु अमित आचार्य र सरु अधिकारीले तालिम व्यवहारिक र फलदायी भएको बताएका छन् । पत्रकारिताको क्षेत्र र प्रवावका विषयमा आफुहरुले जानकार हुने मौका समेत प्राप्त गरेको उनिहरुको तर्क छ ।

तिन दिनसम्म चलेको तालिममा समाधान राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक भरत कोईराला, कान्तिपुर राष्ट्रिय दैनिकका गण्डकी ब्युरो प्रमुख भिम घिमिरे, ब्रँेडकाष्टिङ् एशोसियसन नेपाल बानकी केन्द्रिय महासचिव दुर्गा अधिकारीले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

यस्तै अधिवक्ता सुरेन्द्र थापा मगर, अधिवक्ता दुर्गा भण्डारी, संचारिका गण्डकीकी महासचिव कविता श्रेष्ठ, डब्लुडब्लुजे कास्कीकी अध्यक्ष सरिता तिम्सिना पगेनी र ताण्डप साप्तिाहिकका प्रधान सम्पादक अर्जुन गिरीले समेतले प्रशिक्षण दिए ।

तिन दिन सम्म चलेको उक्त तालिममा पोखराका विभिन्न क्याम्पसहरुमा पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थी तथा संचारकर्मी समेत गरि ४० जनाले सहभागीता जनाएका थिए । नवप्रवेशीहरुको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको सञ्जालले जनाएको छ ।

सञ्जालका अध्यक्ष भीम थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कोषाध्यक्ष विनिता सुनार तथा संचालन महासचिव सुरेसराज अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *