पोखरा साँगितिक कलाकार संघद्धारा ज्यालादारी मजदुरलाई राहत वितरण

Featured समाचार

 

पोखरा, ३ जेठ

पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोग तथा पोखरा साँगितिक कलाकार संघ नेपालको समन्वयमा पोखरामा लकडाउन प्रभावितका लागि राहत वितरण गरिएको छ । पोखरा महानगरपालिका – ३, नदिपुर कोपिलढुङ्गाका ५२ विपन्न परिवारका लागि राहत हस्तान्तरण गरिएको संघका अध्यक्ष संगीतकार सुनिल थापाले जानकारी दिए ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको चपेटामा परेर नेपालमा पनि ५२ दिन देखि लकडाउनको अवस्था रहेको छ । दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरुलाई परेको मर्कालाई मध्यनजर गर्दै राहत वितरण गरिएको अध्यक्ष थापाले बताए । राहतमा एक बोरा चामल, दाल, तेल, नुन, सोयाविन, मसला, तथा साबुन गरि एउटा सामान्य परिवारलाई २५ दिन गुजारा चल्ने गरि वितरण गरिएको गायक भाष्करध्वज श्रेष्ठले बताए ।

संघले आवश्यकता अनुसार पोखराका विभिन्न स्थानमा राहत वितरणको कार्यक्रम राखेको छ । पोखरा युके फाउण्डेशन युकेका लागि भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गले सहयोग संकलन गरि पोखरा साँििगतिक कलाकार संघलाई वितरणका लागि समन्वय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *