-सुगन्धा सिग्देल सुवेदी
मेरो जन्म माहानगरिय प्रहरी बृत्त थानकोट कार्यालय भन्दा अन्दाजी ३ सय मिटर पछाडी भएको थियोे ।मेरो स्कुल पनि तेहि चौकी नजिकै थियो l २०४२ सालमा नेपाल टेलिभजन सुरुवात हुदा तेहि चौकिको अगडी टि भि राखेर राजा बिरेन्द्र्को जन्मदिन को भिडियो हेर्न गाउँ भरिकामान्छेको भिड लागेको थ्यो रे म सानै भएर हो वा पुलिसचौकिमा जान हुन्न भनेर हो।दाइ र भाइ गए म चाहिँ घरै बसे।
हुन पनि मलाइ पुलिस भनेपछी अतिनै डर लाग्थ्यो। डरै डर मा म ठुली भए बिहेभएर अर्कै गाउँ आए तै पनि मेरो मनमा पुलिस प्रतिको डर रहिनै रहेको थ्यो।समय परिवेश सङै म पनि अलि परिपक्क हुँदै गएको र विभिन्न सामाजिक सङ सस्थाहरुमा आवद्धता र आफैले पनि सामाजिक सस्था चलाउन थालेपछी प्रहरी सङ काम गर्नु पर्ने हुन थाल्यो। प्रहरिले खाली अपराधीलाई समात्ने र सजाय दिन्न्छ भन्ने मानसिकता बोकेकी म पहिलोपटक एउटा साथी लिएर कामबिशेशले प्रहरी चौकी पस्दा पनि हात खुट्टा कामेकै थ्यो मानौ आफुले कुनै ठुलै अपराध नै गरेको पो छु।
तर पहिलोपटक प्रहरी चौकी पस्दा प्रहरिहरुको हसिलो व्यबहार सहयोगी भवना देक्दा म अचम्मै परे सानो बेलादेखी मैले जे सुनेको जे देखेको त्यो केही पनि त होइन रेछ ।प्रहरीले त हामिजस्तो समाजसेवीलाई पनि सहयोग गर्दो रेछ ।निर्दोष मान्छे पनि चौकी पस्न पाउदो रेछ अनि प्रहरीले हरेक सर्बसाधारणलाइ पनि उत्तिकै सहयोग गर्दो रेछ।
प्रहरी प्रती सँकुचित भावना बोकेर प्रहरी चौकी पसेको म निस्कदा अलि फराकिलो भावना जन्मी सकेको थ्यो। तेसपछिका दिनमा हामी र हाम्रा सस्थाले गरेका अनकौ सामाजिक कामकामहरुमा प्रहरिका सरहरुले हामिलाइ गरेको सहयोग हामी प्रती दर्सायको आत्मीय व्यबहार बाट मेरो मनले काचुलिनै फेर्यो कि अनेक अप्ठ्यारा चुनौतिको सामना गर्दै घर परिवार, इस्ट्मित्र,चाड्बाड न भनी म जस्तो प्रहरी प्रती नै सँकुचित बिचार राख्ने नागरिकलाई नै निस्वर्थ भावनाले सहयोग गर्ने र देसको रछ्यार्थ खटिरहने मेरा प्रहरि दाजुभाइ प्रती सधै नमन ! ती सहयोगी भावना प्रती नमन।