क्षयरोग अन्त्यका लागी प्रदेश स्तरीय युवा सम्मेलन को तयारी सम्पन्न

Featured समाचार स्वास्थ्य

TB Free World, NYMAT Nepal  र Youth For TB Free Gandaki (YFTFG) ले आयोजना गर्न लागेको पहिलो प्रदेश स्तरीय युवा सम्मेलनको तयारी पुरा भएको आयोजकले जनाएका छन् । COVID-19को महामारीको जटिल अवस्थालाई मध्यनजर गर्दै उक्त सम्मेलन भर्चुअल रुपमा जुम (ZOOM) बाट डिसेम्बर 23 ,24(८ र ९ पुष, २०७७) गरेर दुई दिनसम्म सञ्चालन गरिने छ । यस सम्मेलनलाई १५ भन्दा बढी संस्थाहरु, अनलाइन न्युज पोर्टल, इभेन्ट म्यानेजमेन्ट पार्टन र तथा विभिन्न बिश्वबिद्यालय र क्याम्पसमा आधारित संस्थाहरुले साझेदारी गरिरहेका छन् ।
गण्डकी प्रदेशमा बसिरहेका तथा यस क्षेत्रमा क्षयरोग अन्त्यका लागी योगदान गरिरहेका युवाहरुलाई समुदाय स्तरमा समन्वयात्मक रुपले काम गरेर कार्य प्रभावकारिता बढाउँन प्रोत्साहन र उत्साह प्रदान गर्नु यो सम्मेलनको लक्ष्य रहेको छ । साथसाथै युवाहरुको सिप र क्षमता अभिवृद्धि गर्ने, युवाहरुको सबल र सुगठित सञ्जाल निर्माण गर्ने, तथा स्थानिय र प्रादेशिक तहको ध्यानाकर्षण गराउँने उद्धेश्यहरु रहेका छन । यस सम्मेलनमा, सम्बन्धित क्षेत्रमा ज्ञान भएका ४ जना प्रस्तुतकर्ताहरुले आफ्नो दक्षता रहेको विषयहरुमा प्रस्तुति दिनुहुनेछ, भने ६ जना युवाहरुले ‘युथ डिक्लेरेसन टु इन्ड टिवी‘ को छ वटा प्राथमिकताहरु बारेमा आफ्नो प्रस्तुति दिने कुरा आयोजकले जानकारी गराउँनु भएको छ । यस सम्मेलनमा १०० भन्दा बढी सहभागीहरु, साझेदार संस्थाका प्रतिनीधिहरु, अतिथीहरु गरेर १५० भन्दा बढीको सहभागीता रहनेछ ।
क्षयरोगले युवाहरुको जमातलाई पारिरहेको बढ्दो प्रभाव र युवाहरुमा भएको क्षयरोग अन्त्यका लागी कार्य गर्न सक्ने क्षमतालाई मध्यनजर गर्दै त्द्यTB Free World, NYMAT Nepal / Youth For
TB Free Gandaki (YFTFG) ले गण्डकी प्रदेस सहित देशभरी विभिन्न कामहरु गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *