पर्वत क्लब हङकङले सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता आयोजना गर्दे

Featured खेलकुद गण्डकी प्रदेश प्रदेश विशेष समाचार समाज

२१ फागुन २०७९ हङकङ, पर्वत क्लब हङकङको सातौ वार्षिक कार्यक्रमको अवसरमा क्लबले सातौं पुरुष तथा छैटौ महिला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको छ । सबै भन्दा वढी धनराशीको भलिबल प्रतियोगिताको रुपमा रहेको उक्त कार्यक्रम सन २०२३ अप्रिल ९( वि.स. २०७९ साल चैत्र २६) गते हुन गईरहेको छ । पर्वत जिल्ला घर भई हङकङमा रोजगारीको सिलसिलामा रहेका पर्वतेलीहरुले उक्त भलिबल प्रतियोगिता आयोजना गरि विदेशमा पनि नेपालको राष्ट्रिय भलिबल खेललाई प्रोत्साहित गर्दै आएका छन ।

उक्त प्रतियोगितामा पुरुष तर्फ ८ र महिला तर्फ ५ भलिबल टिमले भाग लिने साथै कामको सिलसिलामा विदेशमा रहेता पनि नेपालको राष्ट्रिय खेल भलिबलबाट सबै नेपालीलाई भाईचाराको सम्बन्धलाई थप बलियो बनाउन प्रतियोगिता आयोजना गरिदै आएको पर्वत क्लब हङकङका सदस्य एवम् पर्वत जिल्लाका पुर्व क्षेत्रिय भलिबल खेलाडी युवराज गुरुङ(सन्तु) ले जानकारी दिनु भयो ।

पुरुष भलिबल तर्फ प्रथम पुरस्कार हङकङ डलर १३०००।- र दोश्रो हुनेले ७०००।-, कप, मेडल र प्रमाणपत्र र महिला भलिबल तर्फ प्रथम पुरस्कार हङकङ डलर ५०००।- र दोश्रो हुनेले ३०००।-, कप, मेडल र प्रमाणपत्र को व्यवस्था रहेको छ साथै विधागत तर्फ पनि कप र मेडल प्रदान गरिने छ ।

साथै पर्वत क्लब हङकङको तर्फबाट खेल खेल्न पर्वत जिल्ला घर भई गण्डकी प्रदेशका नियमित सदस्य संजय परियार नेपालबाट हङकङ ल्याउने पनि गुरुङले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *