नेविसंघ र प्रहरी बिच झडप

Featured समाचार

पोखरा १६ माघ  
कम्युनिस्ट सरकारले चालेको कदम प्रती असन्तुष्टि जनाउदै आएको नेविसंघले कास्कीबाट साम्सद भएका रविन्द्र अधिकारीले वाइडबडी जहाजमा ठूलो रकम घोटला गरेको आरोप लगाउदै कास्कीमा अधिकारिलाइ कालोमोसो लगाउने चेतावनी दिएका छन ।
पोखराको पृथ्वीनारायण क्यामपसमा नेविसंघले मसाल जुलुस निकाल्दा प्रहरी सङ्ग झडप समेत भएको छ । नेविसंघ कास्कीले सरकार विरुद्ध मसाल जुलुस निकाल्ने क्रममा झडप भएको हो । नेविसंघले मसाल जुलुस सहित निषेधित क्षेत्र प्रवेश गर्दा सामान्य झडप भएको जिल्ला प्रहरी कार्यालय कास्किका प्रवक्ता रविन्द्रमान गुरुङ्गले बताए । निर्मलालाइ न्याय दिनु पर्ने र डा गोविन्द केसिको जीवन रक्षाको माग सहित आन्दोलन गरेका हुन ।” हामी सरकार विरुद्ध लड्ने छौ, सामन्तवादी कम्युनिस्ट शासनले गर्दा जनताले धेरै दुख पाए, अब आन्दोलनका चरण शुरु भए” नेविसंघ कास्कीका सभापती विकास थापाले भने ।भ्रष्टाचारीलाई कालोमोसो लगाइ कास्की प्रवेशमा रोक लगाउने चेतावनी उनले दिए । दुई तिहाइको सरकारले जनमतको कदर नगरेको नेविसंघ केन्द्रिय सदस्य भानुढकालले आरोप लगाए । सरकार गलत कदम प्रती अघि बढेको छ, शोषित न्यायले जनतालाइ दुख दिने काम गर्दै हिडेको छ, सरकार खबरदारी नभए तल झार्छौ ” उनले भने । सामन्तवादी भ्रष्ट सरकारले नेपाली जनअपेक्षा काम नगरी निरङ्कुश शासनको धारणा अघि ल्याएको कास्की विधार्थी नेता गोविन्द नेपालीले बताए ।

Source :nplhk.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *