धवलागिरीको रजत जयन्ती

समाज

हेमजा स्थित धवलागिरी बोडिङ स्कुलले आफ्नो रजत जयन्तीको अवसरमा मंगलवार प्रभातफेरी कार्यक्रम गरेको छ ।स्थानिय तिब्वतीयन क्याम्पबाट सुरु प्रभातफेरी मिलनचोक म्याग्दीचोक, मेलवोट हुँदै विद्यालयमा पुगी सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी वडा प्रहरी कार्यालय वगरका प्रमुख तथा विद्यालयका पुर्व शिक्षक प्रहरी निरीक्षक दिपक थापाले विद्यालयको सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्घता व्यक्त गरे ।निरीक्षक थापाले कतिपय विद्यार्थी लहैलहैमा लागुऔषधको सिकार हुने गरेको तर्फ सचेत गराउँदै विद्यार्थी जीवनमा अनुशासनको महत्व ठुलो रहने औँल्याए ।

विद्यालयका संस्थापक प्रधानाध्यापक शिवबहादुर रेग्मीले विद्यालय प्रशासनले शैक्षिक गुणस्तरलाई महत्व दिर्दै आएको जनाउँदै विद्यार्थीको भविष्यप्रति आफुहरु सचेत रहेको अवगत गराए।उनले रजत जयन्तीको महत्वमाथि प्रकाश पनि पारेका थिए ।विद्यालयका अध्यक्ष तुलाराम पौडेलले सबै सरोकारवालाले जिम्मेवारी पुरा गरी विद्यालयमा शैक्षिक वातावरण बढाउनुपर्ने तर्क गरे ।

प्रभातफेरीमा शिक्षक, अविभावक, विद्यार्थी, कर्मचारी लगायत अन्य हेमजावासीको सहभागिता रहेको थियो ।उनीहरुले विभिन्न संचेतनामुलक प्लेकार्ड पनि प्रर्दशन गरेका थिए ।जयन्ती अन्र्तगतका मुल कार्यक्रम यहि फागुन ४ र ५ गते गर्ने तयारी पनि विद्यालयले गरेको छ ।

यसअघि विद्यालयले जयन्तीकै अवसरमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ, शिक्षक भलिवल, निःशुल्क दन्त शिविर गरिसकेको छ भने आगामि शनिवार सरसफाई गर्नुका साथै हेमजाका सार्वजनिक स्थलमा डसविन वितरण गर्ने कार्यक्रम रहेको संस्थापक प्रधानाध्यापक रेग्मीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थापक प्रधानाध्यापक रेग्मीले स्वागत तथा अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक कृष्ण भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *