दिनदिनैले बनायो नेपालमा पहिलोपटक सँस्कृत भाषामा कोरोना सचेतना सामग्री (भिडियो सहित)

Featured समाचार

 

काठमाडौं । नेपालमा पहिलोपटक सँस्कृत भाषमा कोरोना भाईरस (कोभिड–१९) को सचेतना सामग्री तयार भएको छ । हिमवत्खण्ड डटकम र दिनदिनै डटकमको प्रयासमा कोरोना संक्रमणका लक्षण तथा बच्ने उपाय समेटेर भिडियो र पोष्टर तयार पारिएको हो ।

सामग्रीका लागि सँस्कृत भाषाका जानकार तथा नेपालमा पहिलोपटक चार वेदको अनुवाद गरेका तिलक लुँईटेलले भाषा अनुवाद गरेका छन । भिडियोमा प्रस्तुति सविन शर्माको रहेको छ । तयार भिडियो युट्युवमार्फत सार्वजनिक गरिएको छ । भिडियो सम्पादन अभियान थापा मगर गरेका छन । यी सामग्रीहरु हिमवत्खण्ड डटकम र दिनदिनै डटकममा देख्न सकिने छ ।

सँस्कृत भाषाका जानकार लुँईटेल नेपाली भाषाको जननीको रुपमा रहेको सँस्कृत भाषामा सचेतना सामग्री तयार हुनुलाई भाषाको संरक्षणका साथै कोरोना सचेतनामा सहयोगी हुने बताँउछन । यसअघि विभिन्न मौलिक भाषामा यस्ता सामग्री तयार भएको भएतापनि सँस्कृत भाषामा सचेतना सामग्री तयार पारिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *