ज्येष्ठ नागरिकको सम्मान अपरिहार्य

आज को बिचार

-चन्द्र भट्ट

विहिबार विभिन्न कार्यक्रमका साथज्येष्ठ नागरिक दिवस मनाईयो। जेष्ठ नागरिकहरु प्रति गरिने भेदभावविरुद्ध उभिऔं” भन्ने मुल नाराका साथ २६ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरि मनाईएको हो।। प्रत्येक वर्ष अक्टोबर १ तारिखमा विश्वभर मनाईने यो दिवस नेपाललमा पनि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नेतृत्वमा विभिन्न गैरसरकारी संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गर्दछन।

संयुक्त राष्ट्र सङ्घले १९९० डिसेम्बर १४ मा अक्टुबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो । सन् २००७ देखि नेपालले पनि यो दिवस मनाउँदै आएको छ ।

जेष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित बनाउन जेष्ठ नागरिक नीति, कार्यनीति तथा दीर्घकालिनअवधारणा जेष्ठ नागरिक कार्ययोजना-२०६२ लागू गरिएकोछ ।

यसरी भिन्न समय र काल मा जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आईरहदा यसलाई शैक्षिक क्षेत्रमा पनि एउटा अध्यान अध्यापन पाटो बाट अगाडि बढाउने क्रममा र एक बिज्ञ व्याक्तिहरुको समुहले येस्को आवश्यकता मससुस गरि त्रिभुवन विश्व विध्यालय ले २०१८ सालमा Gerentology(जेष्ठ नागरिक) नामक विषयको सेलेवस तयार गरि यसलाई मानविकी तथा सामाजिक बिज्ञान संकायको डिन कार्यालय बाट अध्यापनको अनुमती पायेको थियो । येस्लाई एक वर्षको अवधिमा ब्यब्स्थापन तथा कार्यान्वयन गर्न समय लागेको भयेतापनि २०१९ जनवरी २ देखि भने निरन्तर समाज कार्य विभाग अन्तर्गत रहेर नेपान तथा एशियाली अनुसन्धान केन्द्र (सिनास) को भवनमा अध्यन अध्यापन भै रहेको छ । हाल समाज कार्य विभागका विभागिय प्रमुख सह प्रध्यापक डा. शुक्र राज अधिकारी हुनुहुन्छ भने Gerontology (जेष्ठ नागरिक) विषयको नेतृत्व सह प्रध्यापक तथा नेपान तथा एशियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा. मृगेन्द्र बहादुर कार्की हुनुहुन्छ ।

आजको येस शुभ अवसरमा विभिन्न संघसंस्थाले पदयात्रा, ज्येष्ठ नागरिकलाई सम्मान, फलफूल वितरण, सरसफाइ र अन्तक्र्रियालगायतका कार्यक्रमसमेत आयोजना गर्दैछन् । २०६८ को जनगणना अनुसार नेपालमा २४ लाख ६९ हजार ६० वर्ष माथीका जेष्ठ नागरिक छन् ।

जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभवनयाँ पुस्ताको लागि मार्गर्दर्शन मानिन्छ । संयुक्त घर-परिवार प्रणालीमा चलेको हाम्रोसमाजमा एउटै घरमा परिवारका धेरै सदस्यहरु बस्ने र त्यहाँ जेष्ठ नागरिकहरुलाई उच्चसम्मान हुने गर्दछ । धेरै सदस्य भएको घरपरिवारलाई ‘ठूलाघर’ नै भन्ने चलन छ । पछिल्ला दिनमा विकसित मुलुकको संस्कृति र मान्यताका प्रभावलेनेपाली समाज र घरपरिवार पनि अछुतो रहेन । वयस्क सदस्यहरु परिवारबाटै अलग भई छुट्टैबस्न रुचाउन थालेपछि संयुक्त परिवार विखण्डित भई त्यहाँ रहेका जेष्ठ नागरिकहरुसमेत एक्लो हुन थालेका छन् । त्यहि भएर जेष्ठ नागरिकहरु आफैं पनि संगठित भईकेन्द्रीय, क्षेत्रीय र जिल्लास्तरमा संजाल संयन्त्रहरुनिर्माण गरी हक अधिकारका आवाजहरु उठाउन थालेको देखिन्छ ।
नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ अन्तरिम संविधान २०६३ ले समेत बृद्धबृद्धालाईसंरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको थियो ।

भर्खरै घोषणा भएको नेपालको संविधान-२०७२ को धारा ४१ मा “जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ” भनि उल्लेख गरिएको छ । मानवअधिकारकोविश्वव्यापी घोषणपत्र-१९४८, UnitedNations Principles for older persons 1991, Macau plan of action on ageing1998/Madrid International plan of action on ageing 2002 जस्ता अन्तर्राष्ट्रिय फोरमहरुमा नेपालले उपस्थिति जनाईसकेको छ । सोहि अनुसार जेष्ठ नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानित बनाउन जेष्ठ नागरिक नीति, कार्यनीति तथा दीर्घकालिनअवधारणा जेष्ठ नागरिक कार्ययोजना-२०६२ लागू गरिएकोछ । त्यस्तै केन्द्रीय ज्येष्ठ नागरिक कल्याणसमितिको स्थापना भई ७५ वटै जिल्लामा जिल्ला ज्येष्ठ नागरिक कल्याण समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.