ज्ञान केन्द्र, पर्वतका प्रमुख मोदीकाली ब्याडमिन्टन संघका आजिवन सदस्य बासुदेव रेग्मीको विदाई

Featured कर्मचारी खेलकुद गण्डकी प्रदेश विशेष समाचार समाज

१५, पौष २०७७, पर्वत। लामो समय देखि साविक जिल्ला कृषि विकास कार्यालय, पर्वत र कृषि ज्ञान केन्द्र, पर्वतको प्रमुखको रुपमा कार्यरत पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माका आजिवन सदस्य कुशल ब्याडमिन्टन खेलाडी बासुदेव रेग्मी ज्युको विदाई तथा फेरी भेटौला कार्यक्रम एक समारोहका साथ सम्पन्न भएको छ ।

उहाँ हालै मात्र पर्वतबाट कृषि विकास निर्देशनालयको निर्देशकको रुपमा सरुवा भई जान लाग्नु भएको छ।उक्त विदाई तथा फेरी भेटौला कार्यक्रमको अध्क्षयता ब्याटमिन्टन संघका अध्यक्ष भिम प्रसाद श्रेष्ठ, उपाध्यक्ष सुनिल भुषाल, कोषाध्यक्ष प्रदिप तिमिल्सना लगायतका खेलाडीहरुको उपस्थित एवम् संचालन सचिव विनोद विक्रम पोखरेलले गर्नु भएको थियो ।

विदाई भएर जान लाग्नु भएका निर्देशक बासुदेव रेग्मीले स्वास्थ्यका लागि खेलकुद त्यसमा पनि ब्याडमिन्टन खेल सबैका लागि अपरिहार्य रहेको बताउदै पर्वत मोदीकाली ब्याडमिन्टन संघको श्रीवृद्धिका लागि सधै सकारात्मक रहेको कुरा भन्दै न्यानो विदाईको लागि सबै पदाधिकारी सदस्य एवम् उपस्थित खेलाडीलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *