जैमिनी महोत्सव शुरु

Featured गण्डकी प्रदेश विशेष समाचार समाज

बलेवा, २७ पुस (रासस) : बागलुङको जैमिनी नगरपालिकामा आजदेखि प्रथम जैमिनी महोत्सव शुरु भएको छ ।

जिल्लाको कला संस्कृतिको संरक्षण, खेलकूदको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आगामी माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, प्रदेशस्तरीय लोकदोहोरी गीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनीलगायतका कार्यक्रम आयोजना गरीएको छ ।

महोत्सवको मुख्य समारोह माघ १ गते उपराष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा ७० भन्दा धेरै व्यापारिक तथा स्थानीय उत्पादनका कक्ष राखिएका नगर प्रमुख इन्द्रराज पौडेलले जानकारी दिनुभयो ।
छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *