नवराज दाहाल
पोखरा
पोखरा महानगरपालिका वडा नं ५ को आयोजनामा खुल्ला एवं वडास्तरीय
महिला दौड तथा रस्साकस्सी प्रतियोगिता मालेपाटन खेल मैदानमा सम्पन्न भएको छ ।
सिटी बजाई कार्यक्रमको विधिवत रुपमा उद्घाटन गर्दै प्रमुख अतिथि सामाजिक विकास
मन्त्री नरदेवी पुनले समय परिवर्तन सँगै चुलो चौकोमा मात्र महिला सिमित नभई
मनोरञ्जनात्मक खेलमा पनि उतिकै रुचिका साथ आफुलाई उभ्याउन सफल छन्
भन्ने कुरा प्रतियोगितामा उपस्थित महिलाको सहभागिताले आफुलाई उत्साहित
बनाएको बताए ।
प्रतियोगितामा समुहतर्फको दौडमा प्रथम सन्तोषी भण्डारी, द्धितिय तिला
भण्डारी तृतीय सर्मीला भण्डारी तथा खुल्ला तर्फको दौडमा प्रथम सुस्मीता
पौडेल, द्धितिय सुस्मीता वि.क., तृतीय लक्ष्मी शर्माले हात पारका थिए भने रस्साकस्सी
अन्तगत प्रथम सहनसिल महिला समुह, द्धितिय धर्मस्थली आमा समुहले विजय हासिल गरेका
थिए । प्रतियोगीलाई नगद, प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । उक्त
कार्यक्रममा दौड तर्फ ५७बmउस जना र रस्साकस्सीमा १२० जनाले भाग लिएका थिए ।
दौडमा भाग लिने जेष्ठ महिला ४९ वर्ष कि गौरी अधिकारीलाई सम्मान गरिएको
थियो ।
कार्यक्रममा विशेष अतिथि गण्डकी प्रदेश सभा सचेत संसद गायत्री गुरुङले
महिलाहरुलाई शशक्तिकरणको बाटोमा लाग्न र वषौँदेखि खुम्चिएका
प्रतिभाहरुलाई प्रस्फुटन गर्ने अवसर प्रदान गरेकोमा वडा नं ५ लाई धन्यवाद
दिदैँ यसरीनै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु समाजमा ल्याउदा
गृहणी महिलाले अवसर पाउनुका साथै आफ्ना दुख पिडालाई भुलेर खुशीमा परिणत
हुने बताइन् ।
वडा नं ५ का अध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले
शुभकामना मन्तव्य राख्दै आगामी दिनहरुमा पनि फरक–फरक किसिमका
कार्यक्रम पस्किने प्रतिवद्धता व्यक्त गर्दै आमनागरिकलाई अभिभावकत्वको कमि
नहुने गरि काम गर्दै जाने बताए ।
कार्यक्रम संयोजक अन्जु केसिले खेलले महिलामा लुकेका प्रतिभाको खोजी
हुने हुदा सवै खालका कार्यक्रम भन्दा छिटो खेल बाट आफुहरुलाई एक
आपसमा जुद्न भिड्न र जित्नु पर्छ, म लक्ष्यमा पुग्नुपर्छ भन्ने सोच तत्तकाल
जाग्ने भनेको खेलनै हो, यस कारण वडा नं ५ को नयाँवर्षको उपलक्ष्यमा ५
नयाँ कार्यक्रमहरु अन्तगर्त तेस्रो कार्यक्रम गृहणी महिलाको लागी
प्राथमिकतामा राखेको बताइन् । कार्यक्रममा समाज सेवि पुस्पा बराल , कष्णमन भुर्तेल
लगायतले बोलेका थिए ।
कार्यक्रममा स्वागत हरिमाया बिकले र संञ्चालन उज्जवल के सिले गरेका थिए ।