स्वर्ण महोत्सव सम्पन्न

Featured गण्डकी प्रदेश समाचार

बसन्त आधारभूत विद्यालयको स्वर्ण महोत्सव सम्पन्नपोखरा महानगरपालिका वडा नं २४ कास्कीकोट स्थित श्री बसन्त आधारभूतविद्यालयले स्वर्ण महोत्सव बिहीवार विविध कार्यक्रमका साथ सम्मपन्न भयो ।महोत्सवको समुद्घाटन गर्दै गण्डकी प्रदेश माननीय सांसद श्री मित्र कुमारीगुरुङ् सुवेदीले स्थानीय तह र केन्द्रिय तहमा जति आफ्नो अधिकार सम्पन्नहुन्छ, त्यति अधिकार सम्पन्न प्रदेश सरकार हुन नसकेका कारण विद्यालयलाईसहयोग गर्न नसकेको बताउनुभयो । आगामी दिनहरुमा विद्यालयलाई सहयोगगर्ने प्रतिवद्रता व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्ययक्ष भक्तनेपालीको अध्यक्षतामा सम्पन्न सो स्वर्ण महोत्सवमा भुपू विद्यार्थी डा.यमनाथ तिमिल्सीना, भुपू प्र.अ पूर्णखर सुवेदी, स्कुल सस्थापक शिवराज वस्ताकोटी,वरिष्ठ समाजसेवी वेदनिधी शर्मा अधिकारीले गुणस्तरीय शिक्षा प्रदान गराउनसुझाए ।कार्यक्रममा विभिन्न विधाका व्यक्तिहरुलाई खादा र प्रमाणपत्र वितरण गरीसम्मान गरिएको थियो । कार्यक्रमलाई थप आकर्षक बनाउनका निम्ती लोकदोहोरी गायक गायीका तथा हास्य कलाकारको उपस्थिती रहेको थियो ।विद्यालयका प्रध्यानाध्यापक भिम प्रसाद सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकाथिए । सो कार्यक्रममा स्वागत शिक्षिका शान्ती लामीछाने गरेका थिए भनेसञ्चालन विद्यालय ब्यवस्थापन समितिका सदस्य होमनाथ नेपालीले गरेका थिए ।२०२५ सालमा स्थापित सो विद्यालयमा नर्सरी देखी कक्षा ६ सम्मको अध्ययनअध्यापन भईरहेको छ । सो विद्यालयमा हाल बयानव्बे विद्यार्थीहरु अध्यनरतरहेको विद्यालय प्रध्यानाध्यापक भिम प्रसाद सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *