१२ चैत पोखरा, गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पोखराको आयोजनामा चैत १० र ११ मा भएको गण्डकी प्रदेश स्तरीय चौथो कृषि कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
पोखरा स्पोर्टस एण्ड ब्याडमिन्टन क्लब, मुस्ताङचोक पोखराको कभर्डहलमा भएको ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी ज्युको प्रमुख आतिथ्यता र कार्यक्रमको अध्यक्षयता कृषि विकास निर्देशनालय पोखराका महानिर्देशक बासुदेव रेग्मीज्युले गर्नु भएको थियो ।
गण्डकी प्रदेश भित्र रहेका संघिय, प्रदेश र स्थानीय तहमा कृषि र भेटेरिनरी तर्फ कार्यरत कर्मचारीहरु बीच भएको ब्याडमिन्टन प्रतियोगिताको समुह “ए” तर्फको उपाधी रामकृष्ण अर्याल र मिलन केसीको जोडीले हात पार्यो भने सुनिल थापा र राम ढुंगानाको जोडीले द्वितीय स्थान हासिल गर्नु भयो ।
त्यसै गरि समुह “बी” तर्फको उपाधी प्रमोद गैरे र पुष्कर ठगुन्नाको जोडीले हात पार्यो भने गोपाल लामिछाने र नवराज भुषालको जोडीले द्वितीय स्थान हासिल गर्नु भयो । साथै महिला तर्फ सबिना चौधरी प्रथम र आरती चौधरीले द्वितीय स्थान हात पार्न सफल हुनु भयो ।
कार्यक्रमको समापन कृषि विकास निर्देशनालय पोखराका महानिर्देशक बासुदेव रेग्मीज्युले गर्नु भएको थियो साथै पुरस्कार वितरण कार्यक्रम कृषि तथा भूमि व्यवस्था मन्त्रालयको बार्षिक समिक्षा गोष्ठीमा गरिने प्रतियोगिताका संयोजक विनोद शर्माले जानकारी दिनु भयो ।

What do you feel about this post?
Like
Love
Happy
Haha
Sad

