‘क्‍वारेन्टाइनका लागि हाम्रो घर प्रयोग गर्नुहोस्’

Featured विशेष समाचार समाज

काठमाडौँ — काठमाडौं भैंसेपाटीका ३५ वर्षीय लालचन्द्र गौतम र उनकी श्रीमती बन्दना पौडेल आफ्नो खाली रहेको घर क्‍वारेन्टाइन तथा आइसोलेसनका लागि आश्रय लिन चाहनेलाई सहयोग गर्ने भएका छन् ।

कुलेश्वरस्थित लालचन्द्र गौतम र सिफलस्थित चिराग गोयलको घर तस्बिर : फेसबुकबाट

उनले फेसबुकमा पोस्ट गर्दे आइसोलेसनमा बस्नुपर्ने तर बास नभएका आफ्नो घरका कोठाहरु नि:शुल्क बस्नका लागि उपलब्ध गराउने जानकारी गराएका छन्। उनले लेखेका छन,‘यदि कोही नेपाली तथा विदेशी जसलाई आइसोलेसनका लागि सेल्टरको आवश्यकता छ उनीहरुलाई हाम्रो घरको कोठा नि:शुल्क रहेको छ।’

गौतमले कान्तिपुरसँग कुराकानी गर्दे भने ‘म घर बेच्ने तरखरमा थिएँ र पुननिर्माण गर्ने क्रममा थिएँ।एकदिन पारिवारिक छलफलमा यो घर यसरी उपयोग गर्ने आइडिया फुर्‍यो।’

कुलेश्वरमा रहेको उक्त घर साढे ४ तल्लाको घरमा २ वटा फर्निचरसहितको बेड रुम, २ वटा किचेन, ३ वटा खाली बेडरुम र २ वटा लिभिङ रुम खाली अवस्थामा रहेका छन्। साथै एक तल्लामा अफिस रहेको छ आवश्यकता परेको खण्डमा त्यो पनि केही समयका लागि बन्द गरेर राख्न सकिने गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *