कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन प्रधानमन्त्रीको निर्देशन

Featured विशेष समाचार समाज स्वास्थ्य

चैत्र १, २०७६ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन दिनुभएको छ । त्रिवि शिक्षण अस्पतालबाट हिजो डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री केपी ओलीले उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छुट्टै अस्पताल निर्माणको प्रक्रिया तत्काल शुरु गर्न निर्देशन दिनुभएको हो ।

विरामीको कम चाप हुने काठमाडौंकै कुनै अस्पताल वा छुट्टै संरचना खडा गरेर कम्तीमा १ सय वेडको अस्पताल बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रीसँगको भेटका क्रममा समितिका संयोजक पोखरेलले पनि छुट्टै अस्पतालका लागि सुझाव आएको बताउनुभएको थियो । कोरोनाविरुद्ध लड्ने सरकारी पूर्व तयारीबारे प्रधानमन्त्रीले उपप्रधानमन्त्री पोखरेलसहित मन्त्रीहरुसँग चासो राख्नुभएको थियो ।

 

यसैबीच दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्रका सरकार प्रमुखबीच कोरोना विरुद्ध साझा सहकार्यका लागि भिडियो कन्फेरेन्सको तयारी भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आव्हानमा कोरोनाविरुद्ध सहकार्य र साझा राणनीति तय हुन लागेको हो । सार्क सदस्य राष्ट्रबीच तत्काल उच्चस्तरीय भेटवार्ता सम्भव नभएकाले आगामी राणनीति बनाउन भिडियो कन्फेरेन्सको तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Source :Radio Kantipur

Leave a Reply

Your email address will not be published. Required fields are marked *