कृषि ज्ञान केन्द्र प्रमुख बासुदेव रेग्मी सहितको टोलीले असिना पानीले पुर्याएको क्षतिको निरीक्षण

Featured कृषि विशेष समाचार समाज

१० जेठ, पर्वत । यहि जेठ ९ गते पर्वत जिल्लाको विभिन्न स्थानमा  दिउँसो परेको हावाहुरी सहितको असिना पानीले पुर्याएको क्षतिको कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख बासुदेव रेग्मी सहितको टोलीले  निरीक्षण  तथा क्षति विवरण संकलन गरेको छ ।

निरीक्षणको क्रममा कुश्मा नगरपालिका–११, पकुवामा विशेष गरि कृषकले बनाएका हाईटेक ग्रिन हाउसको टनेलमा क्षति पुर्याएको देखिएको छ । साथै  किसानले लगाएको मकैवाली, तरकारी, काँक्रो, गोलभेँडा, आलु सुन्तला, लगायतका तरकारी र फलफुल पुर्णरुपले क्षति पुगेको छ ।

त्यसैगरि मोदी गाँउपालिका वडा नं. ७,८ को राम्जा र चित्रेमा पनि खाद्यान्न बाली, तरकारी बाली र फलफुलमा नै बढी क्षति भएको देखिएको छ । मकै, गोलभेँडा, आलु, सुन्तला, तरकारीको साथै आषाढमा धान रोप्नको लागि तयार धानको विँउ पनि नष्ट भएको छ ।

क्षतिको निरीक्षणको क्रममा धेरै किसानहरुले अब मकै लगाउ भने मकै छर्ने सिजन सकिएको रे धानको विउँमा मा पुगेको क्षतिले आषाढमै धान रोप्न नसक्ने अवस्था र्सिजना भएकोले यस वर्ष भोकमरीको रुप लिन सक्ने भन्दै गुनाँसो गरेको छन । आफुहरुलाई परेको क्षति र समस्या सम्बन्धित सरकारी निकायले बुझनु पर्ने भन्दै उचित क्षति पुर्तिको लागि यथासिघ्र व्यवस्थाको लागि माग गरका छन ।

कृषि ज्ञान केन्द्र, पर्वतका प्रमुख बासुदेव रेग्मीका अनुसार धारे असिना सहितको हावाहुरीले गर्दा भौतिक संरचना र खाधान्न बाली,  तरकारी तथा फलफुलमा बढी क्षति भएको भन्दै किसानहरुमा पर्न गएको क्षतिको उचित क्षतिपुर्तिको लागि आफुले विशेषरुपमा जोड दिने कुरा व्यक्त गर्नु भयो ।

उता भीषण हावाहुरी र असिनाले पुर्याएको समग्र जिल्लाको बस्तुगत अवस्था बुझन प्रतिनिधि सभा सदस्य माननीय सांसद पदम गिरी काठमाडौं देखि पर्वत आईसक्नु भएको छ । माननीय सांसद गिरी ज्युको छोटो कुराकानीमा असिना पानीले पुर्याएको क्षतिको अवस्था र कृषकको मर्का बुझन भोलि नै स्थलगत निरीक्षण मा जाने कुरा व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *