कास्कीमा ठुलो मात्रामा लागू औषध बिक्रि गर्ने ब्यक्ति २ कार सहित पक्राउ

गण्डकी प्रदेश विशेष समाचार

कास्की मंसिर ०६ गते ।

कास्कीमा ठुलो मात्रामा लागू औषध बिक्रि गर्ने ब्यक्ति २ कार सहित पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीको कार्यालय प्रमुखको रुपमा २०७५ वैशाख ३० गतेदेखी १२ बुदे कार्ययोजना बनाई कास्की जिल्लालाइ सकेसम्म अपराध रहित जिल्ला बनाउने अभिलाषा लिई सम्पुर्ण कस्केली जनता ,बिभिन्न सामाजिक संघ सस्था, पत्रकार सामुदायिक सेवा केन्द्र, नागरीक समाज, उद्योगी ,ब्यावसायी, सेवा निबृत कर्मचारी ,बहालवाला कर्मचारी सरोकारवाला निकाय को साथ , सहयोग र अमुल्य सल्लाह सुझाव लिई कार्य सम्पादन गर्दै अगाडी बढ्ने क्रममा  पोखराका युवा पुस्ताहरुमा बिकराल रुपमा फैलिदै गरेको अबैध लागू औषधको प्रयोग जस्को कारणले समाजमा फैलिदै गरेको अपराधिक क्रियाकलाप विकृति/बिसगती, बिभिन्न भयानक रोगहरुको अन्त गरी सुन्दर समाजको निर्माणको लागी मजकुर कार्यालयहरुको निर्देशनलाई समेत शिरोपर गर्दै “लागू औषध निष्तेज महाअभियान २०७५ “नामाकरण गरी विभिन्न चुनौति तथा बाधा ब्यावधानलाइ  पन्छाउदै  बिबिध कार्यक्रम सम्पन्न गरी  लागू औषध नियन्त्रणमा हालको अबस्थामा आईपुगेको बर्तमान परिबेशमा १२ बुद्धे कार्ययोजना अन्तर्गत नियमित रुपमा हप्तामा १ दिने गरिने बिशेष चेकिङ ( स्वीप अप्रेशन) अन्तरगत मिति २०७५/८/५ गते बडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी निरीक्षक दिपक के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले पो.म.न.पा. वडा न. ११ तुल्सीमार्ग स्थित सडक छेउमा पार्कीङ गरी राखेको अबस्थामा ग.२.च.८३६३ न. को कार र ग.१.च.४३२७ न. को शंकास्पद अबस्थामा फेला पारी उक्त कारहरु तलाशी लिदां ग.२.च.८३६३ न. को कार भित्र बसी रहेको अबस्थामा रुपन्देही जिल्ला घर भई हाल जिल्ला कास्की पो.म.न.पा. वडा न. ९ नयाबजार बस्ने बर्ष ३८ को उदय कुमार गुप्ता र तनहुं ब्यास न.पा. वडा न. ११ भादगांउ घर भई हाल जिल्ला कास्की पो.म.न.पा. वडा न. ११ रानीपौवा बस्ने बर्ष ३३ की गिता भन्ने मनु गुरुङलाई पक्राउ गर्नुका साथै उक्त कार भित्र निम्नानुसारको लागु औषध तथा अन्य दशीको सामान बरामद भएको ।

निम्न :-

  • लागू औषध नर्फिन -२९५ थान, डाईजापाम-२९५ थान, फेनरागन-२९५ थान बरामद हुनका साथै सोही डिक्कीमा अर्को हरियो जेब्रा झोला भित्र १०० ML को PHENSEDYL २४ बोटल ।
  • कारको अगाडी सेफमा नगद रु.२,४२,३३७/- दुई लाख बयालिस हजार तिन शय सैतिस रुपैया नेपली तथा रु. ७,७३०/- सात हजार सात शय तिस रुपैया भारतिय रुपैया बरामद ।
  • कारको सेफमा बिभिन्न बैक तथा सहकारीको ४ थान चेक बुक बरामद हुनका साथै,प्रभु बैक र एन.आई.सी. एशिया बैकमा रकम जम्मा गरेको भौचर ३ थान, आई.एम.ई. रेमिट जम्मा गरेको भौचर थान १ बरामद हुनका साथै उदय कुमार गुप्ताको सवारी चालक अनुमती पत्र थान १,उक्त बा.२.च.८३६३ न.को कारको बिल बुक थान १, र अर्को ग.१.च.४३२७ न.को कारको बिल बुक थान १ बरामद ।
  • उदय कुमार गुप्ताको साथबाट सुन जस्तो पहेलो रङको ४ तोला ८४ लालको सिक्री बरामद हुनका साथै Samsung mobile र oppo mobile थान २ बरामद भएको ।
  • उक्त कारमा उदय कुमार गुप्ताको बांया साईडको सिटमा बसेकी गिता भन्ने मनु गुरुङको साथबाट खैरो रङको छालाको सानो ब्यागमा huwai company को मोबाईल थान १ बरामद भएको ।
  • यी हाल पक्राउमा परेका उदय कुमार गुप्ताको अर्को सोही ठांऊमा पार्कीङ गरी राखेको ग.१.च.४३२७ न. को कारलाई तलाशीगर्दा सो कारको डिक्कीमा पहेलो रङको फाईबरको झोला भित्र प्लाष्ट्रिकले बेरी लुकाई राखेको अबस्थामा नर्फिन ९६ थान,डाईजापाम १०९ थान,फेनरागन ८६ थान बरामद हुनका साथै दुबै कार, दुबै कारमा रहेको लागु औषध तथा दशीका सामानहरु सहित दुबै जनालाई पक्राउ गरीएको ।

अनुसन्धान पछी खुलेको तथ्य

यी हाल पक्राउमा परेका उदय कुमार गुप्ता यस भन्दा अगाडी २०७०/७१ सालमा लागु औषध मुद्दमा पक्राउमा परी कास्की जिल्ला अदालतमा मुद्दा पेश हुदां २ बर्ष कैद भुक्तान गरी रु. एक लाख रुपैया जरिबाना तिरी छुटेको ।

जम्मा

  • नर्फिन ३९१
  • डाईजापाम ४०४
  • फेनरागन ३८१
  • १०० ML को PHENSEDYL २४ बोटल
  • जम्मा ११७६ थान र PHENSEDYL २४

 

  • Samsung mobile , oppo mobile र Huwai company थान २+१ ३ थान
  • बैकको भौचर ३ थान
  • आई.एम.ई. रेमिट जम्मा गरेको भौचर थान १

 

  • कार २ वटा
  • बिलबुक -२ थान
  • लाईसन -१
  • नगद रु.-२,४२,३३७/- नेपाली
  • नगद भा.रु.-७,७३०/-
  • सुन जस्तो पहेलो रङको ४ तोला ८४ लालको सिक्री

 

 

 

 

जिल्ला प्रहरी कार्यालय कास्की

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *