राष्ट्र सेवक र ट्रेड युनियन भनेका मन्त्री र सचिव का चाकडी गर्ने संस्था होईनन- ब.उ. लेखनाथ कोईराला

Featured कर्मचारी विशेष समाचार समाज
नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष एवम् वरिष्ट उपाध्यक्ष लेखनाथ कोइरालाले आफुहरुसँग प्रत्यक्ष सरोकार राख्ने ऐन बनाउँदा सरकारले पर्याप्त छलफल नगरेकोमा आक्रोश पोखे । उनले भने,‘अहिले संघीय निजामती सेवा ऐन राज्य व्यवस्था तथा सुशासन समितिमा छ, दफाबार छलफल चलिरहेको छ ।’ उनले ऐन बनाउँदा आफूहरुजस्ता सरोकारवाला पक्षसँग छफल गर्नुपर्ने सुझाए ।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘सरकार कानून र संविधानअनुसार चल्नुपर्छ । यस्तो महत्वपूर्ण ऐन बनाउँदा हामीसँग अनिवार्य रुपमा छलफल गर्नुपर्छ ।’ कर्मचारी विरोधी ऐन आउँदैन भन्नेमा आफुहरु आशावादी भएको पनि उनले सुनाए ।उनले कर्मचारीहरुलाई सामूहिक राजीनामा गराउने विषयमा टिप्पणी गर्दै भने,‘यो बोल्न सजिलो हुन्छ, तर कार्यान्वयन गर्न निकै कठिन हुन्छ । अहिले देशमा ३५ जना एनेस्थेसिया डाक्टरहरुले एकैपटक राजीनामा दिए भने त कुनैपनि शल्यक्रिया हुँदैन् । कर्मचारीहरुको सामूहिक राजीनामा गराउँदा के होला ? अनुमान गर्नुभएको छ ? ।’उनले कर्मचारीहरु सचिव र मन्त्रीहरुको चाकडी गर्ने व्यक्ति नभएको पनि स्पष्ट पारे । उनले भने,‘हामी सरकारलाई सहयोग गर्न चाहन्छौं । ट्रेड युनिय भनेका अरिङगाल हुन विष निस्कन्छ, माैरी हुन मह निस्कन्छ, त्यसैले हामी चाहान्छाै राष्ट्र सेवक बाट मह निकाल्नु पर्दछ ।  राम्रोसँग सहकार्य गरौं ।’ ऐनमा नमिलेका कुराहरुलाई संशोधन गर्नुपर्ने उनको सुझाव छ ।

नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष एवम् वरिष्ट उपाध्यक्ष लेखनाथ कोइराला

उनले कर्मचारीको सरुवा पारदर्शी र चक्रिय बनाउनुपर्नेमा आफुहरुले जोड दिएको पनि सुझाए । उनले भने,‘स्वचालित सरुवा भयो भने कुनै चलखेल हुँदैन् ।’ उनले कर्मचारीलाई केहीपनि होईन भन्ने कुरा नठान्नपनि सरकारलाई चेतावनी दिए । उनले थपे,‘यो देशमा परिवर्तन ल्याउन हामीले धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेका छौं । लोकतन्त्र र गणतन्त्र ल्याउन हामीले अग्रपँत्तिमा रहेर भूमिका निर्वाह गरेका छौं ।’

आफूहरु वर्तमान दुई तिहाई बहुमतको सरकारलाई काँधमा बोकेर हिँड्न तयार रहेको पनि उनले विश्वास दिलाए । उनले भने,‘प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ । उहाँले ट्रेड युनियनको आवश्यकत्ताबारे सकारात्मक प्रतिक्रिया दिनुभएको छ। तर बीचमा कसले घुसपैठ गरिरहेको छ, हामीले बुझ्न सकेका छैनौं ।’ उनले अब आउने ऐन आफूहरुको र जनताको पक्षमा आएर पारित भए स्वागतयोग्य हुने कुरापनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *