काठमाडौँ, २३ पुस (रासस) ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध रु १८ करोड ६६ लाख पाँच हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार उक्त सम्पत्तिको स्रोत नखुलेको पाइएकाले आज मुद्दा दायर गरिएको हो । लामो समयदेखि आयोगले खड्काको सम्पत्तिका बारेमा छानबिन गर्दै आएको बताइएको छ । प्रवक्ता दङ्गालका अनुसार खड्कामाथि निगमको प्रमुख तथा अन्य सरकारी निकायमा रहँदा पदको दुरुपयोग गरी अकूत सम्पत्ति कमाएको अभियोग लागेको छ । आयोगले दर्ता गरेको मुद्दाको विस्तृत विवरण आउन बाँकी छ ।