अन्य ब्याण्डभन्दा फरक आध्यात्मिक सांगीतिक ब्याण्ड ‘सत्याकृत’ले नया गीतलाइ सार्बजनिक गरेको छ।

Featured भिडियो मनोरञ्जन समाचार

पोखरा, मंसिर २

अन्य ब्याण्डभन्दा फरक आध्यात्मिक सांगीतिक ब्याण्ड ‘सत्याकृत’ले नया गीतलाइ सार्बजनिक गरेको छ। दर्शक बर्गमा बेग्लै प्रस्तुती दिदै आएको सत्याकृत ब्यान्डले नया गीत ”सागरहरु पौडिएर ”को भिडियोलाइ आईतवार सार्वजनिक गरेको छ। रिलिज गीत “सागरहरु पौडिएर ”को भिडियोलाइ दुबई र भारतको मुम्बई, दिल्ली, हरिद्वार लगाएतका शहरहरुमा खिचिएको हो ।

ब्याण्ड मेम्बर बिदुर न्यौपानेको शब्द र संगीत तथा सुर साधुको स्वरमा सुसज्जित यस गीतमा क्यामेरा र सम्पादन बिजय गौतमद्वरा गरिएकोछ। पूर्विय, पश्चिमी, रक पप, शास्त्रिय, लोक, फ्यूजन शैलीका गीतहरुलाई प्रस्तुत गर्दै आएको ब्याण्डले अहिले भने आधुनिक शैलीको गीत ल्याएको हो ।

‘सत्याकृतले गीत सङीतको माध्यमबाट मानवता,एकता, आध्यात्मिकताको सकारात्मक उर्जा बृद्धिकरणको निम्ति प्रेरणा स्वरूप,गीति सन्देश,गीती आनन्द छर्ने प्रयास गर्दै आईरहेको छ ।युवाहरुमा नैतिक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक ब्यान्ड ‘सत्याकृतले गीत सङीत छेत्रमा अलग्गै पहिचान बनाउन सफल हुदै आएको छ ।

Sagar haru…..

सागरहरु…New Ofiicial Music Video Release….#Jai_Shree_Hajur

Posted by Satyakrit Band on Saturday, November 17, 2018

Leave a Reply

Your email address will not be published. Required fields are marked *