प्रथम आदर्श महोत्सवमा दर्शकको ओइरो

गण्डकी प्रदेश मनोरञ्जन समाचार

पोखरा १ मंसिर । लेखनाथको भण्डारढिक खेल मैदानमा जारी प्रथम आदर्श महोत्सवमा दर्शकको ओइरो लागेको छ । महोत्सवको दोश्रो दिन शनिवार महोत्सवमा ८ हजार दर्शकले महोत्सवको अवलोकन गरेका छनभने ५० लाखको कारोवार सम्पन्न भएको छ । महोत्सवको दोश्रो दिन शनिवार र यो सिजनको पहिलो महोत्सव भएकाले पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागीता रहेको महोत्सवका संयोजक किसान गुरुले जानकारी दिए । संयोजक गुरुका अनुसार महोत्सवमा राखिएको स्टलहरुमा धेरैजसो जाडो सिजनको सामाग्री विक्री हुने गरेको छ ।

महोत्सवमा शनिवार पछिल्लो समय चर्चामा रहेका प्रकाश सपुतको प्रस्तुतीले दर्शकलाई मनोरन्जन प्रदान गरेका थिएभने राष्ट्रिय लोकदोहोरी कलाकारहरु प्रजापती पराजुली, अम्बर धिताल, काजल गुरुङ, भुमिका गिरी, नितु झा, कमला गैरै, चोलेन्द्र पौडेल लगायतले लोकदोहोरी मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिएभने आधुनिक तर्फ रमेश श्रेष्ठ, कृष्ण क्षेत्री र योगेश काजीको प्रस्तुती रहयोभने हाश्यब्यङ्ग्यतर्फ पोखरेली माग्ने बुढा र धुर्मसको प्रस्तुती रहेको थियो । त्यसैगरी लाइभ ब्याण्डतर्फ मन्त्रको प्रस्तुती रहेको थियोभने एमजे डान्सको नृत्य रहेको थियो ।

महोत्सवको तेश्रो दिन लोकदोहोरी तर्फ पशुपति शर्मा, तारापति सुवेदी, सुरेश भुर्तेल, बसन्ती थापा, चाहाना श्री, लक्ष्मी नेपाली र लक्ष्मण सिंह ठकुरीको प्रस्तुती रहनेछभने आधुनिक तर्फ रमेश राज भट्टराइ र बबि सुनारको प्रस्तुती रहने आयोजकले जनाएको छ । आइतबार हास्यब्यङ्ग्य तर्फ गुलेली कान्छाको प्रस्तुती रहनेछभने सरगम सांस्कृतिक कला केन्द्र र आकृति नेपालीको नृत्य रहने छ । लाइभब्याण्ड तर्फ आइतबार सांझ योगेश काजी दि रिदम ब्याण्डले आदर्श महोत्सवको माहोल तताउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *