वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता

समाचार

दमौली, ७ मङ्सिर

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराउनुभएको हो ।

उहाँको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार विकले वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको र कानूनअनुसार अनुसन्धान गरिने बताउनुभयो । उहाँका अनुसार अदालतको आदेशपछि वडाध्यक्ष रेग्मीलाई पक्राउ गरिनेछ ।

ती महिलाले सोमबार शुक्लागण्डकी नगरपालिकाको न्यायिक समितिमा समेत जाहेरी दिनुभएको थियो । तर न्यायिक समितिले बलात्कारको मुद्दा समितिको कार्यक्षेत्रमा नपर्ने भन्दै प्रहरीमा पठाएको थियो । वडाध्यक्ष रेग्मीले भने आफूलाई फसाउन खोजिएको बताउनुभएको छ । उहाँले आफ्नो चरित्रमा दाग लगाएर राजनीतिक फाइदा लिन खोज्ने समूहले आफूलाई फसाउन खोजेको प्रतिक्रिया दिनुभयो ।

(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *