युनाईटेड क्लवको आयोजनामा लैंिगक हिंसा विरुद्ध एकदिने सचेतना तालिम सम्पन्न

Featured समाचार

पोखरा २९ मंसिर ।
युनाईटेड क्लव पोखरा महिला उपसमितिको आयोजनामा समाजमा महिलाको भुमिका तथा लैंगिक हिंसा विरुद्धको एक दिने
सचेतना तालिम सम्पन्न भएको छ । क्लवमा आवद्ध महिला सदस्यहरुलाई लक्षित गरी हालै सम्पन्न उक्त तालिमको उद्घाटन
गर्दै गण्डकी प्रदेश सभाका सदस्य मीना गुरुबले नेतृत्व तहमा महिलाहरु नपुगे सम्म राष्ट्रको बिकास नहुने वताउदै महिलाहरु
लाई प्रदान गरिने यस्ता सचेतनामुलक तालिमले महिलाहरुलाई हिंसाबाट पिडित हुने अवस्था नआउने वताइन ।
त्यसैगरी यस्ता तालिमहरुलाई हरेक टोल, समाज सम्म पुर्याएर महिलाईहरुलाई आत्मनिर्भर हुने सीपमुलक तालिमहरुको
समेत आयोजना गर्नुपर्नेमा जोड दिदै त्यस्ता तालिमको आयोजना गरेको खण्डमा आफ्नो ब्याक्तिगत तर्फबाट समेत
सहयोग गर्ने प्रतिवद्धता जनाइन ।
युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठले क्लवको महिला उपसमितिको आयोजनामा आयोजित तालिमबाट सिकेको कुरालाई
महिलाहरुले आ आफ्नो टोल छिमेकमा समेत सकारात्मक किसिमले उजागर गर्नतर्फ लाग्नुपर्ने वताए । महिला दिदीवहिनीहरु
ले आ आफ्नो टोलमा जनचेतनामुलक चालिमको आयोजना गरि लैंगिक हिंसा रहित टोल बनाउनतर्फ लाग्नुपर्ने वताउदै
अध्यक्ष श्रेष्ठले महिला बाटै महिलाहरु हिंसामा परिरहेकाले यसको न्युनीकरणको लागी महिलाहरुकोनै मुख्य भुमिका
भएकाले यसबारेमा सचेत हुनुपर्नेमा जोड दिए ।
तालिममा अधिवक्ता तथा पत्रकार सुष्मा पौडेलले उपस्थितहरुलाई सहजीकरण गरेकी थिइन । क्लवका अध्यक्ष राजु श्रेष्ठको
अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक युनाईटेड क्लवको महिला उपसमिति संयोजक सीमा गुरुबले स्वागत
मन्तब्य ब्यक्त गरेकी थिइनभने कार्यक्रमको सञ्चालन क्लवका महासचिव शान्त बहादुर थापाले गरेका थिए । उक्त
कार्यक्रममा क्लवका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *