पोखरा, १ माघ
डिफेण्डिङ च्याम्पियन शसस्त्र प्रहरी वलको एपिएफ क्लबले दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिता–२०७५ मा विजयी सुुरुवात गरेको छ । मंगलबार देखि पोखरामा सुरु भएको उक्त प्रतियोगितामा एपिएफले प्रदेश नं १ लाई २५–३, २५–८, र २५–३ को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
पोखरा रंगशालामा भएको उद्घाटन खेलमा विभागिय टोली नेपाल पुलिस क्लवले जित हात पार्न सफल भएको छ । पुलिसले उद्घाटन खेलमा घरेलु टिम गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले मन्जु गुरुङको कप्तानिमा मैदानमा उत्र्रिएको गण्डकी प्रदेशलाई २५–१९, २५–२० र २५–१७ को सोझो सेटमा पराजित गरेको हो । समुह डीमा रहेका पुलिस समुह विजेता हुदै र गण्डकी प्रदेश उपविजेता हुदै प्रतियोगिताको क्वाटरफाईनलमा यात्रा बनाएका हुन।
त्यसै गरि नेपाली सेनाको त्रिभुबन आर्मी क्लबलाई प्रदेश नम्बर ३ ले ३–१ को सेटमा पराजित गरेको छ । प्रदेश नं ३ ले नेपाली सेनालाई २५–१०, १२–२५, २५–२० र २५–१४ को सेटमा पराजित गरेको हो । त्यसै गरी समुह सीमा परेको प्रदेश नम्बर ३ विजेता हुदै र नेपाली सेना पराजित भए पनि दुई समुह मात्र भएकोले उपविजेता हुदै क्वाटरफाईनलमा यात्रा बनाएका हुन् ।
त्यसै गरी प्रदेश ५ ले समेत जित दर्ता गरेको छ । प्रदेश नं ५ ले प्रदेश नं २ लाई २५–१०, २५–१४ र २५–८ को सोझो सेटमा पराजित ग¥यो । समुह ए र समुह बीमा भने ३÷३ टिम रहेकाछन। राष्ट्रिय खेलकुद परिषदको सहयोगमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा पोखरामा संचालन भएको प्रतियोगितामा तीन विभागिय सहित सातै प्रदेशका गरी १० टिमको सहभागिता रहेको समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए ।
यही माघ ५ गतेसम्म पोखरामा संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बीसुव्वा गुरुङले गरे । कार्यक्रममा बोल्दै उनले निती नबुझेका र खेलकुद नवुझ्ने मन्त्रि भएका कारण खेलकुद अपेक्षित रुपमा माथी उठ्न नसकेको दाबी गरे । उनले भने “अन्य देशमा खेलकुदले ठूलो परिवर्तन गराएको छ तर हाम्रो खेलकुद खेलाडी र प्रशिक्षकले धानेका छन् ।” मुख्यमन्त्रि गुरुङले भारत गएर दुई वर्षमा दक्षिण एसियाली खेलकुद (साग) गर्छु भन्ने तर देशको प्रतिष्ठा नै दाउमा राख्ने गरि काम नभएको आरोप लगाए । गण्डकी प्रदेश मुख्यमन्त्रि गुरुङले पोखरालाई खेलकुद राजधानीको रुपमा अगाडी वढाउन प्रदेश सरकारले पोखरा रंगशालालाई वहुउद्धेश्यिय रंगशालाको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडी बढेको बताए । उनले भने “ हतारमा संरचना निर्माण गर्नु भन्दा दिर्घकालिन सोचका साथ निर्माण गर्नु पर्छ जसका कारण अन्तर्राष्टिय प्रतियोगिताहरु आयोजना गर्न सकियोस ।”
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले पोखरामा बन्ने कुनै पनि संरचनाहरु स्विकृत गर्नु अघि परिषदको बोर्ड बैठकमा ल्याएनु पर्ने तथा विवाद रहित ढङले अगाडी वढाउनु पर्ने बताएका छन । उनले भने– “न त बोर्ड बैठकमा ल्याइएको छ न त प्रदेशका मुख्यमन्त्रिलाई जानकारी गराइएको छ यसमा बिबाद छ, हचुवाको भरमा पोखरामा बन्न लागेको फुटबल स्टेडियम दिर्घकालिन सोचका साथ आएको छैन यसलाई परिमार्जित गर्नु पर्छ ।”
बुधबार पनि लिग चरणका ४ वटा खेलहरु हुने भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए । सेमिफाईनल र फाईनलको प्रबेश शुल्क २ र अन्य दिनको खेलमा भने एक सय रुपैया शुल्क निर्धारण गरिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ३८ लाख लाग्ने आयोजकले जनाएको छ र जसमा राखेपबाट २५ लाख उपलब्ध भएको छ ।