प्रजातन्त्रवादी प्राध्यापक संघ विन्दुवासिनीमा आचार्य

शिक्षा समाचार

 

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, विन्दुवासिनी विद्यापीठ(क्याम्पस) इकाइ समिति पाेखराको साधारणसभाद्वारा उपप्राध्यापक भानुभक्त आचार्यकाे अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ समिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा उपप्रा.डा. भाेलानारायण रेग्मी सचिवमा उपप्रा.शिवहरि देवकाेटा, कोषाध्यक्षमा उपप्रा.पशुपति दवाडी र सदस्य सहप्रा.डा.चुडामणि कण्डेल र रहेका छन् ।

अधिवेशनमा सहप्रा.राधाकृष्ण गैरे , र सहप्रा. अम्बिकाप्रसाद भट्टराई निर्वाचन समितिमा रही सर्वसम्मतिकाे लागि सहजीकरण गरेका थिए । कार्यक्रममा ने. सं.वि.प्राध्यापक संघ केन्द्रीय उपाध्यक्ष सहप्रा.आनन्दमणि रिजाल र ने .प्रा.संघ विन्दुवासिनी विद्यापीठ इकाइका सभापति सहप्रा.अम्बिकाप्रसाद भट्टराईले नवनिर्वाचित अध्यक्ष लगायत सर्वसम्मतरूपमा चयन गरिएकाे समितिलाई हार्दिक बधाई ज्ञापन गर्दै यो टिम विद्यापीठको उन्नयनमा रचनात्मक काम गर्दै पेसागत हकहितमा समर्पित र विश्वविद्यालयको सर्वतोमुखी विकासमा केन्द्रित हुन सकोस् भनी शुभकामना व्यक्त गरेका थिए ।

देशका विभिन्न विश्वविद्यालयमा कार्यरत प्राजातान्त्रिक एवं शैक्षिक आदर्शप्रति समर्पित प्राध्यापकहरूलाई एकताको सूत्रमा आबद्ध गरी पेसागत हकहितका लागि अपूर्वरूपमा सचेत रहन एवं राष्ट्रियता, प्रजातन्त्र (लाेकतन्त्र) र समाजवादको आदर्श तथा न्यायपूर्ण समाज निर्माणको उद्देश्यले वि.सं.२०६३ को विधान बमोजिम प्रजातन्त्रवादी प्राध्यापक सङ्घको स्थापना भएको हो । यसै संघको मातहतमा रही प्रजातन्त्रवादी प्राध्यापक संघ विन्दुवासिनी विद्यापीठ इकाइ सक्रिय रहेको कुरा सर्वसम्मतरूपमा अध्यक्षमा चुनिएका उपप्रा.आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *