पोखराको १५ नं वडाभित्रका सम्पूर्ण गतिविधि अब सिसिटिभीमा

गण्डकी प्रदेश विशेष समाचार

पोखरा १२ पौष ।
बढ्दो चोरी रोकथाम र सुरक्षाको दृष्टिकोणले अति उपयोगी सिसिटिभी क्यामेरा जडानका लागि सामाजिक सञ्जालको प्रयोग गर्दै आह्वान गरिएको सहयोग संकलन अभियान अहिले सार्थक सिद्ध भएको छ ।
स्थानीयको सुरक्षामा स्थानीयकै पहल हुनुपर्छ भन्ने मान्यता लिएर अघि बढाईएको उक्त अभियानले करिब ६ महिनाको अवधिमै मूर्त रुप लिएको हो । पोखरा महानगरपालिका वडा न १५ का वडा अध्यक्षले गरेको यस उदाहरणीय कार्यको सबैले प्रसंसा समेत गरेका छन् ।
अभियान अन्र्तगत पोखरा १५का १७ ठाउँ मा सि सि क्यामरा जडान भइसकेको वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।
साथै उक्त वडाको बिरेन्द्र चोक देखि चोरसाघु पुल सम्म, घलेचोक देखि टुटुङगा सम्म र ढुङेसाघु चोक देखि गलेश्वर चोक सम्म अप्टिकल फाईबर (सिसिटीभी जडानका लागि ईन्टरनेट तार) जडान भईसकेको छ । त्यस्तै वडा कार्यलाय देखि लक्ष्मी टोल हुँदै रामबजार सम्म र फलेपाटन देखि एयरपोर्ट बोर्डर सम्म र सेन्टमेरिज मार्ग देखि प्रतिभा टोल खत्रीचोक हुदै नंयागाउँ ट्याक्सी चोकसम्म गरी ११ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान भइसकेको अध्यक्ष पौडेलले बताउनुभयो । उक्त वडाका सार्वजनिक महत्वका चोकहरु र बोर्डरहरु मा गरि २८ वटा सि सि क्यामारा जडान गर्ने लक्ष्य राखिएको उहाँको भनाई छ ।
पौडेलका अनुसार वडामा आवश्यकता अनुसार ६४ वटा सम्म सिसि क्यामेरा राख्न मिल्ने गरि प्रविधि जडान गरिएको छ । सिसि टिभीकोे मनिटर वडा प्रहरी कार्यालय रामबजार र वडा कार्यालय मा समेत राखिने उहाले जानकारी दिनुभयो । क्यामेराको दिगो संरक्षणका लागि सिसि क्यामारा राखिएको ठाउँ वरिपरीका स्थानीय लाइ संरक्षण समितिमा समावेश गरी सुरक्षित पारिने समेत पौडेलले जानकारी दिनुभयो । विग्रेमा वा कुनै मर्मत सम्भार गर्नुपरेमा मर्मतकोष पनि निर्माण गरिने योजना बनाईएको पौडेलले बताउनुभयो ।
यसअघि पटक–पटक वडाका विभिन्न ठाउँमा चोरी डकैतीका घटना बढेपछि स्थानीय हैरान भएका थिए । यतिसम्म कि, उक्त वडाको कार्यालयमै समेत चोरी भएको थियो । दिनहुँ चोरी हुने क्रम बढिरहँदा समेत चोरीमा संलग्न व्यक्तिको सुँईको समेत पाउन कठिन भएपछि सिसि टिभी क्यामेराको लागि पहल सुरु गरिएको थियो । अन्नतः गरे सकिन्छ भन्ने उदहारण यस अभियानले पनि पुष्टि गरेको छ ।
यसैबीच हालसम्म वडाबासी एवं विदेशमा रहेका दाताहरुकै सहयोगबाट उक्त अभियान सफलताउन्मुख भएको भन्दै सबैलाई वडा अध्यक्ष पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको छ । सिसिटिभी क्यामेरा जडान अभियान अन्र्तगत २६ लाख ६२ हजार ८ सय ६ रुपैयाँ संकलन भैसकेको छ । उक्त सबै रकम सहयोगहीबाटै प्राप्त भएको उहाँले बताउनुभयो ।
त्यसैगरी वडा कार्यलयमा सेवा लिन आउने सेवाग्राही लाई सहज रुपमा सेवा प्रदान गर्ने उदेश्यका साथ हालै डिजिटल सुचना बोर्ड पनि राखिएको जानकारी पौडेलले दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *