पोखरा महोत्सव पुस २८ बाट, तयारीका लागि मूल समिति र ४१ उपसमिति

समाचार

पोखरा महोत्सवको ११ औं संस्करण पुस २८ देखि माघको ९ गतेसम्म हुने भएको छ । युनाइटेड क्लब पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुनेछ ।

महोत्सवलाई भव्य र सभ्य बनाउनका लागि विभिन्न उपसमिति तथा सल्लाहकार चयन गरिएको छ । कोभिड १९ का अघिल्लो वर्ष महोत्सव हुन सकेको थिएन । सोमबार बसेको क्लबको बैठकले अध्यक्ष राजु श्रेष्ठ संयोजक रहेको मुल आयोजक समितिसहित ४१ उपसमिति गठन गरेको छ ।

कार्य सम्पादन उपसमिति संयोजकमा क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अतिथि व्यवस्थापन उपसमिति संयोजकमा क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, संघ, संस्था व्यवस्थापन उपसमिति संयोजकमा क्लबका पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, सांस्कृतिक उपसमिति संयोजकमा क्लबका प्रथम उपाध्यक्ष लोकबहादुर थापा छन् ।

सचिवालय उपसमिति संयोजकमा क्लबका द्वितीय उपाध्यक्ष गणेश तिमिल्सिना, प्रचारप्रसार उपसमिति संयोजकमा क्लबका महासचिव शान्तबहादुर थापा, अर्थ व्यवस्थापन उपसमिति संयोजकमा क्लबका कोषाध्यक्ष सूर्यबहादुर बानियाँ, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सचिव दिनेश सुनार, स्टल व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सहकोषाध्यक्ष पूर्णकला पोख्रेल, खाजा खाना व्यवस्थापन उपसमिति संयोजकमा क्लब्का सदस्य सीमा गुरुङ, बाल उद्यान उपसमिति संयोजकमा क्लब्का सदस्य सन्तोष कार्कीले जिम्मेवारी पाएका छन् ।
ब्यानर व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सदस्य जयराम आचार्य, अवार्ड तथा मायाको चिनो व्यवस्थापन संयोजकमा क्लबका सदस्य दिवानी सुवेदी, मुलद्वार व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सदस्य विष्णुकुमार गुरुङ, टिकट व्यवस्थापन उपसमिति संयोजकमा क्लबका सदस्य पूर्णकुमार श्रेष्ठ, अतिथि सत्कार संयोजकमा क्लबका सदस्य चन्द्राकुमारी पराजुली, स्वयंसेवक परिचालनमा क्लबका सदस्य शिव थापा छन् ।

बिमा व्यवस्थापन समिति संयोजकमा सल्लाहकार राजेन्द्रबहादुर थापा, मूल्यांकन उपसमिति संयोजकमा क्लबका सल्लाहकार सुशीलराज पराजुली, अनुगमन उपसमिति संयोजकमा क्लबका सल्लाहकार सम्मरबहादुर श्रेष्ठ, यातायात व्यवस्थापनमा क्लबका सल्लाहकार श्यामकृष्ण श्रेष्ठ, झाँकी तथा ¥यालीमा क्लबका सल्लाहकार पवित्रादेवी गुरुङ, प्रायोजक व्यवस्थापनमा क्लबका सल्लाहकार लीलबहादुर जिसी, विद्यालय समन्वयमा क्लबका सल्लाहकार लीलाधर अधिकारी, पर्यटन प्रवद्र्धनमा गोपाल गुरुङ, सरसफाइमा बिजय कार्की, खानेपानीमा अमर खतिवडा, स्वास्थ्यमा नरहरि पनेरु छन् ।

ट्राफिक व्यवस्थापनमा कृष्णबहादुर थापामगर, मञ्च व्यवस्थापनमा शान्ति सुवेदी, हस्तकलामा सविता श्रेष्ठ रञ्जित, फोटो तथा भिडियोमा नवीनकुमार श्रेष्ठ, विद्युतीय सुरक्षामा राजेन्द्र तिवारी, पार्किङ व्यवस्थापनमा उमेश थापा मगर, विद्युत व्यवस्थापनमा हरि श्रेष्ठ, प्रकाशन तथा मुद्रणमा सावित्री थापा, स्मारक निर्माणमा रिमबहादुर क्षेत्री, पृष्ठपोषणमा रामबहादुर थापा, मिडिया कोअर्डिनेटरमा गीता राना र कार्यालय सचिवमा रेजिना खत्री छन् ।

त्यसैगरी, महोत्सवका सल्लाहकारमा विश्वप्रकाश लामिछाने, क्याप्टेन फत्तेबहादुर गुरुङ, तीर्थलाल श्रेष्ठ, मेजर हितमान गुरुङ, प्रेमछिरी शेर्पा, गोविन्द घिमिरे, मुक्षेत्र गुरुङ, सेती थापा, रमेशबहादुर कार्की, पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष रामबहादुर कार्की, पोखरा २४ का वडाध्यक्ष ओम प्रसाद सुवेदी, पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङ, पोखरा ३१ का वडाध्यक्ष कमलबहादुर थापा, पोखरा १३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), पोखरा १५ का वडाध्यक्ष प्रकाश पौडेल, पोखरा १४ का वडाध्यक्ष प्रेम बहादुर कार्की, पोखरा ११ का अध्यक्ष मोहन बास्तोला छन् ।

क्लबले भरत केसी, नीलकण्ठ पोख्रेल (निश्चल), शंकरनाथ पौडेल, दया बराल, तेजबहादुर गुरुङ, राजेन्द्रबहादुर कार्की, शिवबहादुर बराल, रामबहादुर गुरुङ, जसबहादुर गुरुङ, कृष्णबहादुर थापा, कृष्णकुमारी थापा, गोमा पौडेल र मीन गुरुङलाई पनि महोत्सवको सल्लाहकार मनोनयन गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *