सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रमको तयारी पुरा :

पर्यटन लुम्बिनी प्रदेश

पोखरा, ०३ माघ ।
पाल्पाली समाज पोखराद्धारा आयोजित “सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम” को आवाश्यक तयारी पुरा भएको छ । पर्शि शनिबार पोखरा सभागृहमा हुने उक्त साँझ तथा सम्मान कार्यक्रमको सम्पुर्ण तयारी सकिएको समाजका अध्यक्ष कुल प्रसाद घिमिरेले पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।


पाल्पाको रहनसहन, मौलिक संस्कृति, कला, भाषा, भेषभुषा लगायतको पहिचान गरि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भव्य सांगीतिक कार्यक्रमको आयोजना गरिएको उनले बताए । यसले पोखरासंगै पाल्पाको पनि पर्यटन विकासमा खास योगदान पुर्याउने विश्वास गरिएको छ ।


कार्यक्रममा पाल्पाको ऐतिहासिक, साँस्कृतिक, धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रदर्शनीका साथै पाल्पाली मौलिक संस्कृति वालन, कौरा, सोरठी (मारुनी) नृथ्य समेत प्रस्तुत गरिने अध्यक्ष घिमिरेले जानकारी दिए । यस्तै पाल्पाली करुवा, ढाका तथा पाल्पाली पहिचान चुकाउनी, बटुक लगायत खानाका परिकारहरुको स्टल समेत रहने छ ।


कार्यक्रममा पाल्पाली कला र संस्कृतिको संरक्षण, विकास तथा प्रवद्र्धनमा विषेस योगदान पुर्याएको भन्दै मन्त्रीपरिषदका पुर्व अध्यक्ष एंव पुर्व प्रधानन्याधिस खिलराज रेग्मीलाई अभिनन्दन गरिने छ ।


उक्त अवसरमा पुर्व प्रहरी महानिरीक्षक कुबेरसिङ राना, महानायक राजेश हमाल, वरिष्ठ कलाकार नारायण रायमाझी, बद्रि पंगेनी र इन्द्र जिसिलाई सम्मान गरिने छ । कार्यक्रममा पाल्पाली कलाकार नविन पौडेल, जमुना राना, शान्ति डोटेल र दुर्गाराज पण्डेको सांगीतिक प्रस्तुती रहने छ ।


सोही दिन साँझ पाल्पाको पर्यटन प्रवद्र्धनका खातिर चालिनु पर्ने थप कदमका बारे छलफल गर्न पाल्पाका दूई नगरपालिका र ८ गाँउपालिकाका प्रमुखहरु एक ठाँउमा भेला हुनेछन् ।

सिटिजन फर्निचर पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रमको आवाश्यक तयारी पुरा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *