“हाम्रो संविधान र चुनावी घोषणा पत्र उस्तै उस्तै ” – राजेन्द्र चटौत

राजनीति समाचार

 

देशभर संविधान दिवसको कार्यक्रमहरु संचालन भए । कहिँ विरोधपूर्ण त् कहिँ समर्थनपूर्ण सभाहरु भए । यसैबीच आज काठमाडौँ बानेश्वरमा आयोजित बिशेष भेलालाई नेपाली कांग्रेसका नेता राजेन्द्र चटौतले सम्बोधन गरेका छन्। चटौतले सम्बोधनका क्रममा ” हाम्रो संविधान लोकतन्त्रको आधार भएको तर जनतालाई अधिकारदिने र राज्य शक्तिलाई सन्तुलित बनाउने कुरामा भने स्वेत झुट भन्दा अरु केही नभएको ” बताए। उनले भने ” नेपालका प्रमुख दलहरुलाई आज आनन्द छ, जनतालाई संविधानले ग्यारेन्टी गरेका अधिकार डेलिभर नगर्दा कहिँ कतै विद्रोह छैन । राजसी भोगविलास र राज्य सत्ताको यात्रामा जनता र झोले कार्यक्रतामा केही फरक नहुनु आज दुखद कुरो हो। राजनैतिक दलले सैधान्तिक रुपले आफुले आफैलाई र जनतालाई ढाटिरहेका छन् । प्रजातान्त्रिक समाजवादको अभियासवाट हामी निकै पर छौ। एमाले, माओबादी र कांग्रेसले अब पुजिबादलाई अङ्गीकार गरेर मुलुकको सम्पन्नता तिर लाग्नुपर्छ ।”

सम्बोधनका क्रममा जनजाती र महिलाको सबालमा राज्य निकै संबेदनशील भएको तर राज्यको प्रत्यक्ष पहुचमा रहेको समुहले भने केवल जनजाती मुद्दा ईलेक्सन कार्ड भएको बताए । उनले भने ” सम्रांत र पुजिपतीहरुको समुह छ , तिनका रक्तिबीजहरु यो मुलुकमा शिक्षा, लगानी र रोजगारीको निम्ति विदेश पस्ने गरेका छन् , बिवाह र प्रजननको निम्ति मात्रै नेपाल राज्नु निकै दुखद छ । आज राज्यले महिला र जनजातीको निम्ति अनेकन अवसर सिर्जना गरेको छ तर न त आरक्षणको मुलभूत उद्देश्य पुरा भएको छ । आरक्षणको अन्त्य गर्ने पूर्वसर्तहरु बारे आज सबै दल र तथाकथित युवाहरु मौन छन्। युवा र पुस्तान्तरणको नारा बीच रुपान्तरणको विरुवा मर्न लागेको छ। ”

नेपाली कांग्रेसले विधान अधिवेशन गर्न टारेर चुनावमा जानु नैतिक भुल हो। नीतिगत रुपमा नेपाली कांग्रेस आज प्रष्ट छैन । पार्टी भित्र बौद्धिक दलालहरुको समूह सक्रिय छ र तिनकै कारण नेपाल, हाम्रो संविधान र हाम्रा युवा नेताहरुको भविष्य अन्यौलमा रहेको छ। आज ल्याटरल इण्ट्रिको नाममा स्वार्थ समुहका मान्छेहरुलाई चोर बाटोबाट पार्टी नेतृत्वमा ल्याउन खोजिदैछ । भात्री संस्थाहरु आज अलपत्र छन् । युवा नेताहरु आज पार्टिमा दूई तिहाई छन् र यो कदापि स्विकार्य हुदैन । विगतको समिक्षा गरेर अधि बढ्नुपर्ने मात्रै मार्ग हाम्रो सामुन्य छ । अब सबैले तिक्तता मेटायर योग्य व्यक्तिलाई सदमा पुर्याउन लाग्न सबैलाई अनुरोध गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *