विलासी ठग सरिता सम्पर्क विहिन : सापती दिएका एक हुल पिडितहरु प्रहरी कार्यालय कास्कीमा

Featured गण्डकी प्रदेश समाचार

पोखरा
पोखरा महानगरपालिका वडा नं.२६ र २७ मा बसोबास गर्ने आधा दर्जन भन्दा धेरै मानिसहरुबाट करोडौ रुपैया“ ठगि गरि बाग्लुङ्की एक महिला फरार भएकी छिन् ।

आफ्नो नाम स्नेहा थापा बताउने सरिता कुमारी राना बाग्लुङ्को रनसिङकिटेनी २ कि स्थाई बासिन्दा भएको पिडितहरुले जाहेरीमा उल्लेख गरेका छन् ।

बिगत डेढ वर्षदेखी पोखरा २६ अर्घौभित्री चोकमा डेरा गरि बस्दै आएकी सरिताले ३ लाखदेखी १ करोड ७१ लाख सम्म गठि गरेकी छिन् ।

पिडितहरुले जाहेरीमा उल्लेख गरे अनुसार २ करोड ४२ लाख रुपैया“ विभिन्न वाहानामा सरिताले गठि गरेकी छिन् ।


बाग्लुङ् विउकोट गाविस—२ स्थाई घर भई हाल अर्घौ बस्दै आएका रेशमलाल कंडेलको रु.१० लाख, पर्वत धाईरिङ्की देवि जैशीको रु.३ लाख, सोही स्थानकी नरमाया थापा मगरको रु.१० लाख, तारा फगामी पुन थापाको रु.१५ लाख सरिताले कुल्याएकी छिन् ।


यस्तै बाग्लुङ् नरेठा“टीकी निरा सुनारको रु.१९ लाख, पोखरा २६ का जित बहादुर पुनको रु.१० लाख, कास्की दाङ्सिङका धन बहादुर पुनको रु.१ करोड ७१ लाख रुपैया“ ठगि गरि सरिता सम्पर्क विहिन भएको पिडितहरुले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन् ।


क्रेटा गाडी, निजि ड्राईभर र घरमा काम गर्ने एक जना सहयोगी समेत राखेकी सरिता हेर्दा निकै भलाद्मी पाराकी भएकि उनिहरुले बताए । उनको मिजासिलो व्यवहारमा ठगिको गन्ध नपाएका पिडितहरुले भने हाते सापति भन्दै उनलाई लाखौ रुपैया“ दिएको बताए ।


हाल एकै टोलमा बस्ने उनिहरुसंगको व्यवहार एक अर्काले समेत कुनै सुईको नपाएको पिडित तारा फगामीले बताईन् । घर बनाउनका लागी सामाग्रीहरुको जोहो समेत गरेकी उनलाई एक्कासि लाखौ रुपैया“ सापति लिएको मानिस वेपत्ता भएपछि निकै चिन्ता लागेको रुदै सुनाईन् ।


प्रहरीमा जाहेरी दिएका उनिहरुका अनुसार सोही स्थानका अरु व्यक्तिहरु समेत सरिताको ठगि चक्रमा फसेका हुन सक्ने बताएका छन् । सरिताले उनिहरु सवैलाई एनआईसि एसिया बैक लेखनाथ शाखाको खाता नं. ७३८८९७१३३५१५२४०१ को वाउन्स चेक दिएकी थिईन् ।

कास्की प्रहरीमा जाहेरी दर्ता भएको र घट्नाको प्रकृति अनुसार बैङ्किङ कसुर अन्तरगत अनुसन्धान गरिने प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङ्ले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *