सीके राउतको जस्तो ‘असाधरण’ क्षमता प्रचण्डमा मात्र देखेको थिएँ : प्रधानमन्त्री

विशेष समाचार

काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मूलधारको राजनीतिमा पाइला राख्दै गरेका सीके राउतलाई आफ्नै पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तुलना गरेका छन् ।

स्वतन्त्र मधेसको मुद्दा त्यागेको घोषणा गरेका सीके राउतको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यस्तो असाधरण निर्णय लिन सक्ने क्षमता मैले प्रचण्डमा मात्र देखेको थिएँ ।’ सरकारसँग ११ बुँदे सहमति गरेर राउतले असाधारण निर्णय क्षमता देखाएको उनले बताएका छन् ।

प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान बनाउने कामको एक ढङ्गले अगुवाइ गरी त्यसपछि एमाले र माओवादीबीच एकता गर्नु ठूलो निर्णय क्षमता भएको ओलीले बताएका छन् । ‘जोसुकैले, सानो हिम्मतकोले सक्दैन । सीके राउतजीमा पनि असाधारण निर्णय क्षमता देखें’ उनले भने ।

सीके राउत पढे–लेखेको विद्वान र वैज्ञानिक रहेको भन्दै ओलीले कता–कता बाटो बिराउँदा बिराउँदै बिग्रने हो कि भन्ने डर आफूलाई रहेको बताएका छन् । उनले भने, ‘तर खुशी लाग्यो । टेक्नोक्र्याट मात्र होइन थिंकर पनि हो सीके राउत ।’

source nayapage.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *