गोर्खा भुपुहरुको नागरिकतामा देखिएको समस्यालाई वर्ताबाट समाधान गर्छौ ः रक्षामन्त्री पोख्रेल

Featured समाचार

Ý

पोखरा ११ वैशाख । उप प्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले भारतिय सेनाबाट अवकाश लिइ नागरिकताको समस्यामा परका भुतपूर्व सैनिकहरुलाई परेको समस्याको बारेमा नेपाल सरकारले सम्बन्धित निकाय संग वर्ता गर्ने वताएका छन । गोर्खा सैनिकको १ सय ४ वर्षे इतिहांस रहेको र नागरिकताको ब्यवस्था नभएको वेलामा गोर्खा सैनिकमा भर्ती भइ अवकाश प्राप्त भइसकेपछि नागरिकता र नामका कारण समस्यामा परेका भुपूहरुको बारेमा नेपाल सरकारले एक किसिमको ब्यवस्था मिलाई छिमेकी मुलुक संग वार्ता गरी समस्याको समाधानमा नेपाल सरकार लाग्ने मन्त्री पोख्रेलको भनाइ रहेको थियो ।

संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले पोखरामा आयोजना गरेको पांचौ वीर गोरखा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री पोख्रेलले नेपालमा नागरिताको ब्यवस्था नहुदै गोर्खा भर्तीमा जागिर खाने परम्परा रहेका कारण भुतपूर्व सैनिकहरुले अवकाश प्राप्त गरिसकेपछि झेल्नुपरेका समस्याको बारेमा नेपाल सरकारलाई समेत अवगत रहेको वताउदै यसको वारेमा नेपाल सरकारले एक किसिमको ब्यवस्था मिलाई छिमेकी मुलुक भारत सरकार संग वार्ता गरी छिट्टै यसको टुङगो लगाउने वताएका हुन ।

मन्त्री पोख्रेलले १ सय ४ वर्ष इतिहास बोकेको गोर्खा भर्तीबाट नेपाल सरकारले गाउगाउमा समेत पहुच रहेको भुतपूर्व सैनिक संगठन संग सैन्य अवधिमा हासिल गरेका ज्ञान, सीप, दक्षता र प्रविधीलाई प्रयोग गर्न सकेको खण्डमा नेपालको बिकास हुने वताउदै नेपाल सरकारले भुपु सैनिकहरुसंग सहकार्य गरी नेपालको आर्थिक र सामाजिक रुपमान्तरणमा अगाडी वढ्ने वताए ।

त्यसैगरी हाल सम्म गोर्खा भुतपूर्व सैनिकहरुको बारेमा नेपाल सरकार संग प्रस्ट डाटा नभएको वताउदै मन्त्री पोख्रेलले सरकारको मन्त्रालय, रक्षा वा गृह मन्त्रालय संग परामर्श गरी अभिभावक विहीन जस्तै बनेका भुपुहरुको समस्याको पहिचान संगै उनीहरुको डाटा संकलनलाई समेत ध्यान दिने वताए । भुपू सैनिकहरु पछिल्लो समय अवकाश प्राप्त गरिसकेपछिपनि विदेशमानै पलायन हुने परम्परा तीव्र गतीमा वढिरहेको सन्दर्भमा सेवा र सुविधाको अवसरलाई नेपालमानै अवसरहरुको खोजी गरी अवकाश प्राप्त गरेपछि पनि आफ्नै भुमिमानै बस्ने ब्यवस्था सरकारले मिलाउने मन्त्रीको भनाइ रहेको थियो ।

समृद्ध नेपाल सुखी नेपाली भन्ने मुल नारालाई साकार बनाउनका लागी भुतपूर्व गोरखाहरुको दक्षता र क्षमतालाई प्रयोग गरी नेपालको बिकासमा भुपूहरुलाई समेत सम्मिलीत गराइ देश बिकासमा लाग्ने मन्त्री पोखरेलले वताए ।

सो अवसरमा वोल्दै संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका सह अध्यक्ष डाक्टर लक्ष्मीकान्त पाण्डेले नेपाल सरकारले अझैसम्म पनि वेलायत र भारतिय सेनामा रहेका सैनिकहरुको प्रस्ट आंकडा राख्न नसकेको, नागरिकतामा समस्या परेका कारण हजारौ भुपू सैनिकका परिवारले दुख झेल्नुपरेको वताएका थिए । पाण्डेले भुपूहरुको सीप र दक्षतालाई नेपाल सरकारले प्रयोग गरी भारत र वेलायतबाट आएको रेमिट्यान्सलाई सदुपयोग गर्न सकेको खण्डमा नेपालको बिकास हुने भन्दै अवकाश प्राप्त वेलायती सेनालाई वेलायत पलायन हुनबाट रोक्न सरकारले पहलकदमी थाल्नुपर्ने वताएका थिए ।

त्यस्तै गण्डकी प्रदेशका सभासद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भुपू सैनिकहरुको समस्या सामाधानका लागी राज्यले गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । भुपू सैनिकहरुको सीप, दक्षता र क्षमतालाई राज्यले प्रयोग गर्न सकेको खण्डमा मुलुकको बिकास हुने उनको भनाइ रहेको थियो । उक्त कार्यक्रममा भारतिय सेनामा कार्यरत रही विरगती प्राप्त गरेका सैनिक जवानका श्रीमतीहरु ८ जना विरनारीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो भने महासंगद्धारा प्रकाशित स्मारिककाको समेत विमोचन गरिएको थियो ।

संयुक्त भुतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालका अध्यक्ष कर्णेल धन बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघीय समाजवादीका गिरी प्रसाद गुरुङ, भीम बहादुर राना लगायतले वोलेका थिएभने लोकदोहोरी गायक विष्णु माझी, चोलेन्द्र पौडेल लगायतले लोकदोहोरी मार्फत कार्यक्रममा उपस्थितहरुलाई मनोरन्जन प्रदान गरेका थिए । पोखराको चिप्लेढुंगा, लखनचोक र चाउथे चोकबाट झाकी तथा र्याली शुरु भइ पोखराको अमरसिंह चौरमा सभामा परिणत भएको थियो ।

विर गोरखा दिवस समारोह अन्तर्गत बैशाख १२ गते संघमा आवद्ध सदस्यका छोराछोरीहरु जस्ले डाक्टर र इन्जीनियर उपाधी हासिल गरेका छन उनीहरुलाई भारतिय राजदुतबाट सम्मान गरिनुका साथै खुकुरी डान्स र विभिन्न संस्कृती झल्कने लोक संस्कृतीको प्रस्तुती संगै भाग्यशाली उपहार खोलिने महासंघका महासचिव तिल बहादुर उप्रेती केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *