पोखरा ईन्जिनियरिङ कलेजको ताला खुल्यो, यथाशीघ्र स्ववियु चुनाव हुने

कास्की, १९ मंसिर । पोखरा ईन्जिनियरिङ कलेज प्रशासनले आफ्ना जायज मागहरुलाई बेवास्ता गर्दै आलटाल प्रवृति देखाएको भन्दै गत आईतबार बिद्यार्थीहरुले लगाएको ताला मंगलबार खुलेको छ । मंगलबार कलेज प्रशासन, अनेरास्ववियु र अखिल क्रान्तिकारीका बिद्यार्थीहरु बीच भएको त्रिपक्षीय १० बुदे सहमति पश्चात कलेजमा लगाएको ताला खुलेको हो िताला खोले पछी अनेरास्ववियुका बिद्यार्थी नेता किशोर सुबेदीले भने […]

Continue Reading

शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थलको दृश्य चित्रमा उतार्न विभिन्न देशका चित्रकार लुम्बिनीमा आइपुगेका छन् ।

लुम्बिनी, १९ मङ्सिर  शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थलको दृश्य चित्रमा उतार्न विभिन्न देशका चित्रकार लुम्बिनीमा आइपुगेका छन् । दोस्रो अन्तर्राष्ट्रिय जलरङ्ग महोत्सवमा सहभागी स्वदेश र विदेशका चित्रकार जलरङ्गमा लुम्बिनीका चित्र कोर्न लुम्बिनीमा भेला भएका हुन् । अन्तर्राष्ट्रिय जलरङ्ग समाज नेपालको आयोजनामा शुरु भएको महोत्सवअन्तर्गत उनीहरुले आज लुम्बिनीको दृश्य चित्रमा उतार्दैछन् । आज यहाँ वृहत् चित्रकला कार्यशालासमेत […]

Continue Reading

कसरी छानिन्छन् मिस वर्ल्ड ? (श्रृखंलाले रचिन नयाँ इतिहास, मल्टिमिडिया अवार्ड सहित अन्तिम ३० मा सुरक्षित )

एजेन्सी, मंसिर १७ । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी हुन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलोचोटि हो । उनले मल्टिमिडियासँगै […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, १७ मङ्सिर  ः नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर रु २ घटाउने निर्णय गरेको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ तथा डिजेल र मट्टितेल रु ९९ खरीद गर्न […]

Continue Reading

चितुवाको निगरानीलाई क्यामेरा

तनहुँ, १७ मङ्सिर  ः नरभक्षी चितुवाले भानु नगरपालिका क्षेत्रमा १५ दिनको अवधिमा दुई बालबालिकाको हत्या गरेपछि त्यसको निरन्तर निगरानी गर्नका लागि क्यामेरा राखिने भएको छ । चितवन राष्ट्रिय प्रकृति संरक्षण कोषको ‘डार्टिङ” टोलीले सम्भावित क्षेत्रमा चार वटा क्यामेरा राख्न लागेको जिल्ला वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । सम्भावित क्षेत्रमा क्यामेरा राखेपछि चितुवा कता […]

Continue Reading

गण्डकीका स्वास्थ्य निर्देशनालय प्रमुख घूसहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आगोगको टोलीले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा प्रमुख डा तारानाथ पौडेललाई घूससहित पक्राउ गरेको छ । उनी स्वास्थ्य सेवा अन्तर्गत ११ औं तहमा कार्यरत थिए । डा. पौडेललाई १ लाख रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । उनले जागिर लगाइदिन्छु भनी घूस लिएको अख्तियारले जनाएको छ । […]

Continue Reading

सम्झौता कार्यान्वयन भएको छैनः डा केसी

धनगढी, १६ मङ्सिर ः प्रा डा गोविन्द केसीले सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको गुनासो गर्नुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा केसीले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनक रहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा पनि मेडिकल कलेज आवश्यक रहेको भन्दै डा केसीले भन्नुभयो, “डोटी वा डडेल्धुरामा पनि मेडिकल […]

Continue Reading

‘सुन्दर काम गर्न प्रहरी लागिपरेको छ’

धादिङ, १६ मङ्सिर (रासस) : प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले सुन्दर काम गरेर जनतासँग हातेमालो गर्न प्रहरी संगठन लागिपरेको बताउनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको गजुरीमा नवनिर्मित सुविधा सम्पन्न भवनको आज उद्घाटन गर्दै उहाँले सुन्दर भवन जस्तै सुन्दर काम गर्न लागेको प्रहरीलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । विगतमा प्रहरीबाट भएका गल्ती कमजोरीहरु अबका दिनमा […]

Continue Reading

क्यानडा पठाइदिने भन्दै एक करोड ३७ लाख ठग्ने पक्राउ

काठमाडौँ, १४ मङ्सिर  : क्यानडा पठाइदिने भन्दै विभिन्न युवासँग रु एक करोड ३७ लाख ठगी गरेर फरार गोकर्णेश्वर नगरपालिका–१ निवासी ३८ वर्षीया सङ्गीता अधिकारी रायमाझीलाई प्रहरीले आज पक्राउ गरेको छ । ठगीमा परेका युवाले दिएको सूचनाका आधारमा अपराध अनुसन्धान महाशाखाको टोलीले फरार रहेकी अधिकारीलाई पेप्सीकोलाबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो । […]

Continue Reading

ठूलो परिणामा चरेस नष्ट

बझाङ, १४ मङ्सिर ः जिल्ला अदालत बझाङले २६ वर्षपछि आज ४५ किलो लागुऔषध चरेस नष्ट गरेको छ । २०५४ साल साउनमा विशेष सुराकीका आधारमा प्रहरीले दुई समूहको छुट्टाछुट्टै गरी ४५ किलो चरेस बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, जिल्ला अदालतका प्रतिनिधि, पत्रकार र सरोकारवालाको रोहवरमा आज उक्त चरेस नष्ट गरिएको हो । सो […]

Continue Reading