ढुङ्गाले लागेर बालकको मृत्यु

बेझाड (पाल्पा), २९ मङ्सिर  : ढुङ्गाले लागेर रैनादेवी छहरा गाउँपालिका–४ आँपपाटास्थित धजा बान्ने स्थानमा एक बालकको मृत्यु भएको छ । आज दिउँसो बा२क ७४७३ नंको डोजरले सडक खन्ने क्रममा पल्टाएको ढुङ्गाले लागेर सडकमा हिँडिरहेका रैनादेवी गाउँपालिका– २ सोमादीका सात वर्षीय रोजित रास्कोटीको मृत्यु भएको छ । छहरा, अमलावास हुँदै तान्सिङ्ल जोड्ने मोटरबाटो खन्ने क्रममा ढुङ्गाले […]

Continue Reading

ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौँ, २९ मङ्सिर  ः काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज प्रहरीले ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका– ४ का २२ वर्षीय पवन चौधरी रहेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले कैलालीबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख ४२३ नंको बसमा जाँच गर्ने क्रममा ज्याकेटमा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त लागुऔषध […]

Continue Reading

भारतीय अदालतमा चितुवा

अहमेदावाद, भारत, २९ मङ्सिर  भारतको एक अदालतमा एक्कासी चितुवा आहाराको खोजीमा भवनभित्र हिँडिरहेको देखिएपछि शुक्रबार अदालत परिसरमा केही समय त्रासको वातावरण फैलिएको अधिकारीहरूले बताएका छन् । “चितुवालाई देखेपछि अदालतका कर्मचारीहरू कार्यबक्षबाट भागी र कोठामा पुगेको चितुवालाई बाहिरबाट थुनेर हामीहरूलाई खबर भयो, गुजुरातका वन अधिकारी जी ए जालाले घटनाबारे एएफपीलाई बताउनुभयो । कोटिला सहरको अदालतमा चितुवा […]

Continue Reading

सात करोड लगानीमा सुविधासम्पन्न नेचर रे रिभर भ्यू रिसोर्ट

परासी, २८ मङ्सिर  पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । रु सात करोडको लगानीमा स्थानीय व्यवसायी कृष्ण नारायण श्रेष्ठले ‘नेचर रे रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याउनुभएको हो । जिल्लाकै सुविधासम्पन्न मानिएको सो रिसोर्टमा एक हजार व्यक्ति अट्ने एसीसहितको सुविधायुक्त हल निर्माण गरिएको छ । यसैगरी एसी बैङ्क्वेट हल, सम्मलेन हलसहित रिभर साइट […]

Continue Reading

स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक, २४ मङ्सिर  ः स्कुल बसको ठक्करबाट झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गी सडकखण्डमा आज दिउँसो एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमकतर्फ आउँदै गरेको दमकस्थित ग्लोबल एजुकेशन एकाडेमीको को १ क२३९० नम्बरको स्कुल बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा झापा गौरा दह नगरपालिका–४ का ६२ वर्षीया निर्मला कार्कीको ज्यान गएको रहेको इलाका […]

Continue Reading

दश किलोग्राम चरेशसहित एक पक्राउ

काठमाडौँ, २३ मङ्सिर  ः महानगरीय प्रहरी परिसर काठमाडौँले १० किलोग्राम ४०० ग्राम चरेशसहित एकजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा लागुऔषध बोकेर हिडिरहेको अवस्थामा धादिङका ३१ वर्षीय कमल तामाङलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा कालो रङको झोलाभित्र […]

Continue Reading

राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश

काठमाडौँ, २३ मङ्सिर  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आज आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष अनुपराज शर्माले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ (१) अनुसार आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । प्रतिवेदन पेश गर्दै आयोगका […]

Continue Reading

उपप्रधानमन्त्री पोखरेलको घोषणाः निर्मलाको हत्यारा पक्राउ परिसक्यो, छिट्टै सार्वजनिक गर्छौं

२२ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललेे निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ परिसकेको दाबी गरेका छन् । तर, राजनीतिक दलको आवरणमा जोगाउन आउने हो कि भन्ने डर लागेको उनले बताए । १० औं मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले भने, ‘म यति भन्न चाहन्छु, अपराधी पत्ता लागिसकेको छ, नियन्त्रणमा […]

Continue Reading

श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन्

२२ मंसिर, काठमाडौं । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ […]

Continue Reading

महानगरमा मेलमिलापकर्ता मार्फत विवाद समाधानको प्रक्रिया सुरु

पोखरा १९ मंसिर । स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्ने उद्देश्यले न्यायीक समिति गठन भएका छन् । नेपालको संविधानले नै स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तिन सदस्यीय न्यायिक समितिको ब्यवस्था गरेको छ । सम्वन्ध विच्छेद, घर भाडा सम्वन्धि, साँध सिमाना मिचिएको, गाईभैसीले बाली नोक्सान गरेको लगायत ११ वटा विवादलाई मेलमिलाप मार्फत समाधान गर्ने […]

Continue Reading