रविलाई पूर्वपत्नीको बधाई, चौथो सम्बन्ध दिगो हुने कामना

सञ्चारकर्मी रवि लामिछानेले निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेपछि उनकी पूर्वपत्नी ईशा लामिछानेले बधाई दिएकी छन् । पूर्वपतिले नयाँ घर बसाउँदा आफूलाई खुशी लागेको उनले बताइन् । ‘उहाँले अर्को बिहेका लागि नै मलाई डिभोर्स दिनुभएको थियो, त्यसैले म आश्चर्यमा परेकी छैन,’ अमेरिकाबाट अनलाइनखबरसँग कुरा गर्दै ईशाले भनिन्, ‘मेरो र दुई छोरीहरुको तर्फबाट शुभकामना लेखिदिनुहोला ।’   […]

Continue Reading

वरिष्ठ कलाकार गणेश मुनालको निधन , उनलाई श्रदाञ्जली दिन दर्जनौं चलचित्रकर्मी पशुपति आर्यघाटमा

काठमाडौँ : ववरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका उनको सोमवार बिहान वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ उनको निधन भएको पुष्टि कलाकार निर्मल शर्माले गरेका छन् । उनी लामो समयदेखि अस्वस्थ थिए । निधन हुनुको कारण भने खुलेको छैन । अहिले उनको पार्थिव शरीर पशुपति आर्यघाटमा […]

Continue Reading

रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

काठमाडौं : चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो। रविले ‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको’ भन्दै ‘एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको’ उल्लेख गरे। यति चाँडो विवाह गर्ने सोच नभए पनि आफूहरूबारे […]

Continue Reading

काठेखोलामा जिप दुर्घटना, ६ जना सामान्य घाईते

बागलुङ, ७ माघ– बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँ, टापुमा सोमबार बिहान यात्रु बहाक जिप दुर्घटना भएको छ । दुर्घटनामा परि जिपमा सवार ६ जना घाईते भएका छन् । बिहुँदेखि दूध बोकेर बागलुङ बजार आउँदै गरेको ग १ ज ६६४६ नंब्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परी सुमन कडेँल, सन्दिप सापकोटा, सन्तोष कडँेल, अर्जुन सुवेदी , मनिषा […]

Continue Reading

आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ हुदै :

पोखरा, ०७ माघ । आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ हुदैछ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतका बेला बिभिन्न ठाउँमा […]

Continue Reading

पोखरेल कार्यवाहक प्रम

काठमाडौँ, 7 पुस प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीट्जरल्याण्ड भ्रमण अवधिभर उहाँको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहकको जिम्मेवारी तोकिएको छ । स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै   हिजो त्यसतर्फ प्रस्थान गर्नुभएकाले संविधानबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई […]

Continue Reading

कास्कीका बिभिन्न घरमा चोरी गर्ने १ गिरोह पक्राउ

जिल्ला कास्की पोखरा महानगरपालिका का बिभिन्न स्थानहरुमा चोरीका घटना छुटुपुट रुपमा बृद्धि हुदै गए पश्चात चोरी घटना नियन्त्रण तथा घटना अनुसन्धान टोली गठन गरी बिभिन्न स्थानमा चेकिंङ, भिग्रस चेकिङ , स्बिप अपरेशन, शंकित ब्यक्तिहरुको निग्रानी तथा सुचना संकलनलाई बिशेष प्राथामिकता दिई बिभिन्न अनुसन्धानबाट चोरीका घटनामा संग्लन ब्यक्ति/ गिरोगहरुलाई पक्राउ गर्ने सफल भइरहेको छ । यसै […]

Continue Reading

खोलाबेसी टोल बिकास संस्थाको अध्यक्ष कृष्णराज आचार्य :

पोखरा, ६ माघ । खोलाबेसी टोल बिकास संस्थाको अध्यक्ष कृष्णराज आचार्य निर्वाचित भएका छन् । पोखरा महानगरपालिका वडा नम्वर ३१ मा रहेको खोलाबेसी टोल बिकास संस्थाको शनिबार सम्पन्न चौधौं बार्षिक साधारण सभा एवं चौथो अधिबेशनबाट आचार्य सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थाको उपाध्यक्षमा सुर्य प्रसाद सुबेदी, सचिबमा कमल सुबेदी, सहसचिबमा शिबहरी सुबेदी र कोषाध्यक्ष […]

Continue Reading

बालयौन दुराचारको आरोपमा पक्राउ

काठमाडौँ, ६ माघ  ः बाल यौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ कालिमाटीस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरी तीन बालकको उद्धार गरेको ब्यूरोका प्रवक्ता उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो । विदेशी नागरिकले नेपाली बालकलाई प्रलोभनमा पारी यौन दुराचार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा जाँच गर्दा […]

Continue Reading

चालीस केजी चरेससहित दुई भारतीय पक्राउ

तौलिहवा, ६ माघ  : प्रहरीले चालीस केजी चरेससहित दुई जना भारतीयलाई कपिलवस्तु नगरपालिका–१ बहादुरगञ्ज जाने चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला पूर्वी चम्पारन थाना रक्सौल ग्राम परेउवाका ३२ वर्षीय ताहिर अली र सोही स्थानका ३२ वर्षीय मोहम्मद आलम रहेको प्रहरीले जनाएको छ । आज साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी […]

Continue Reading